काठमाडौं , २१ पुष २०७७
अब नेपालका सातै प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफनो शाखा कार्यालय खोल्ने भएको छ ।
नेपालको स्वास्थ्य अनुसन्धानलाई बिस्तार गर्दै लाने क्रममा यो आर्थिक वर्षदेखि शाखा कार्यालय (एकाई कार्यालय) खोल्न लागिएको परिषदका कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले बताए ।
डा. ज्ञवाली अनुसार : ‘सातैवटा प्रदेशमा यसपटकदेखि एकाई कार्यालय खोल्नका लागि एक करोड बजेट समेत छुट्याइ सकिएको छ । अब प्रदेश सरकारसँग छलफल गर्दै काम अघि बढाइरहेका छौं ।’ उनले शुरुमा प्रत्येक प्रदेशमा ३ जना स्टाफ रहने पनि बताए ।
प्रदेशमा परिषदको कार्यालय हुँदा त्यही भएका स्थानीय रोग, समस्या वा कुनै पनि विषयको स्थानीय स्तरमै रहेर अनुसन्धान हुने हुँदा यसले देशका कुना काप्चाका विषयहरु समेटिने र अनुसन्धानको क्षेत्र फराकिलो हुने समेत बताउनुभयो। उनले कतिपय प्रदेशमा जग्गा समेत उपलब्ध भइसकेको भन्दै अब परिषदको क्षेत्र फराकिलो बन्दै जाने जानकारी दिए ।





