धनगढी , ३ असार
सुदूरपश्चिममा थप आज ३२ जनामा कोरोना पुष्टि
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा ३१ र काठमाडौँमा भएको परीक्षणमा एक गरी थप ३२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए । आज कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका २/२ जनामा कोरोना पुष्टि भएको डा. जोशीले जानकारी दिए।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका १ सय २४ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि अस्पतालका डा . जोशीले बताउनु भयो।





