आज मिति : २०७९ श्रावण २७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

हाइवे स्वास्थ्य ,नेपाल समाजको सभ्यता र बिकास

HNN Staff by HNN Staff
March 12, 2020
in News
A A
1
Received 189749389038902
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

रमेश भट्ट,
माघको पहिलो साता बिहेको निम्तो मान्न मैले बुटवल जाने निधो गरें । शुक्रबारको दिन, झमझम झरी परिरहेको थियो, गाडीको लामो यात्रा गर्न खासै मन चाहिँ थिएन । तर, बिहेमा सहभागी हुँदाको रमाइलो सम्झेरै भए पनि गोंगबु बसपार्कबाट माइक्रोबसमा बुटवलसम्मको यात्रा तय गरे । पानी परेकोले बाटोको धुलो, धुवाँको असर खासै नपर्ने भो भनेर मनमनै खुसी पनि थिएँ ।
माइक्रोबस गंगबु बसपार्क, कलंकी, नागढुंगा हुँदै अगाडि बढ्यो । गाडीमा आफूले चिनेको कोही नहुँदा, बजेको गीत सुन्दै बाहिरको प्राकृतिक सौन्दर्यमा रमाउने प्रयास गर्दै थिएँ ।
गाडीको दगुराइसँगै मन पनि खिन्न हुँदै थियो । सडकका छेउमा, नालीमा यत्रतत्र छरिएका राता, हरिया, नीला, पहेँला प्लास्टिक, ब्यापरहरू, पानी तथा अन्य पेयपदार्थका रित्ता बोतल, गुट्खाका प्याकेट आदि आदि । यस्ता थुपै्र छरिएका नकुहिने फोहोरहरूले हाइवेका वातावरण साथसाथै त्यसको सौन्दर्यमा नकारात्मक प्रभाव पारेको देखियो । विशेषगरी हाइवेमा यात्रुका लागि बेच्न राखिने जंकफुडहरू– चाउचाउ, कुरकुरे, चिजवल, लेज, बिस्कुट, फ्रुटी, कोक, फेन्टा इत्यादि) जो आफैंमा अस्वस्थ खाना हुनुको साथै यसले यात्रुको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्दछ । साथै त्यस्ता खानेकुरा प्याकिङ गरेका खोलहरू तथा बोतल-क्यानहरूको जथाभावी बिसर्जनले वातावरणमा पनि त्यत्तिकै नराम्रो असर पारेको थियो ।
लगभग आठ घण्टा लामो यात्रामा यस्ता छरिएका फोहोरहरू निरन्तर काठमाडौंदेखि बुटवलसम्मको बाटोभरि नै देखिए । यसमा अझ दुःखलाग्दो तथा संवेदनशील कुरा के भने, बाटोमा पर्ने राष्ट्रिय निकुञ्ज भित्र पनि यस्ता किसिमका फोहोरहरू प्रशस्त मात्रामा देखिए, जुन त्यहाँ बस्ने निर्दोष वन्यजन्तु तथा चराचुरुंगीहरूको लागि पनि निकै घातक हुन सक्छ । त्यसकारण अब पनि यस्ता फोहोरहरूको उचित व्यवस्थापन गर्ने प्रयास नगरे आउँदा दिनमा हाइवेको यात्रा झन् कति उदेकलाग्दो होला ।
यात्राकै क्रममा, दिसापिसाब गर्न अनि चिया खाजा खान एउटा हाइवे होटल अगाडि गाडी रोकियो । शौचालयमा न त पानीको राम्रो व्यवस्था, त हातधुने साबुन, भित्र पस्दा पिसाब र चुरोटको पिरो गन्धले शौच गर्न पनि निकै सास्ती भयो । यस्ता शौचालयमा अझ महिला यात्रुहरूले शौच गर्दा त झन् पिसाबनली लगायत अन्य संक्रमण हुने सम्भावना एकदमै बढी हुन्छ ।
अब केही खाजा खानुपर्यो भनेर होटेलमा राखिएका खानेकुरा सरसर्ती हेरें, खासै चित्तबुझ्दो केही लागेन । मन नलागी नलागी भए पनि भोक मार्न आलुचना दिनुस् भनें । हेर्दै चित्त बुझेको थिएन झन् खाँदा त कसरी बुझोस् । बासी, अप्राकृतिक मसला, अति चिल्लो भएका कारण प्लेटको पूरै खाने आँट गरिनँ । त्यसमा अर्को पीडा, त्यस खानाबापतको मूल्य झन्डै मैले अफिसको क्यान्टिनमा खाने मूल्यभन्दा चार गुणा बढी तिर्नुपर्ने भयो ।
यसरी हाइवेमा राम्ररी नछोपिकन, बासी–साजी मिसाएर, विभिन्न रङका मसलाहरू, अत्यधिक तेल, बोसो राखेर बनाएका खानाहरूले यात्रुको स्वास्थ्यमा क्षणिकका साथै दीर्घकालीन रूपमा नकारात्मक असर पुर्याउछ । त्यस प्रकारका खानाबापत तिरिने अव्यावहारिक मूल्यले पनि यात्रुलाई असन्तुष्टि तथा मानसिक तनाव हुन्छ ।
हाइवेको विकास हाम्रो समाजको सभ्यता र विकाससँगै नजिकबाट जोडिएको छ । आज नेपालका पूर्वदेखि सुदूरपश्चिमका मानिसहरू सजिलैसँग अध्ययन, रोजगारी, उपचार, भ्रमण गर्न एक ठाउँबाट अर्को ठाउँमा आवत्जावत गर्न सकेका छन् । यो सहजता केवल चौडा कालोपत्रे सडक र तिनमा गुड्ने सवारीसाधनले मात्र पूरा गर्न सक्दैन । यात्रुको आवत्जावतलाई पूर्ण सहज बनाउन हाइवेको वातावरण, सरसफाइ, उपयुक्त फोहोर व्यवस्थापन, साबुनपानीसहितका सफा शौचालय, ठाउँठाउँमा पिउने पानीको व्यवस्था, स्वास्थ्य अनि उपयुक्त मूल्यमा खानपिन तथा बास प्रदान गर्ने होटल साथै कुनै दुर्घटना भइहाले सुपथ मूल्यमा उपचार दिन सक्ने दक्ष स्वास्थ्यकर्मीसहितका स्वास्थ्यसंस्था वा अस्पतालको पनि त्यतिकै महत्वपूर्ण भूमिका छ ।
हालैमात्र नेपाल सरकारले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नेपाल भित्र्याएर पर्यटन विकास गर्न अगाडि सारेको “नेपाल भ्रमण वर्ष २०२०” अभियानलाई सफल बनाउन पनि हाइवेमा यात्रा गर्दा सहज वातावरण बनाउनुपर्ने र यात्रुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने कुरामा सरकार तथा स्थानीय निकायको ध्यान जानुपर्ने आवश्यक छ । नत्र, आफ्नै कामको सिलसिलामा यात्रा गर्ने आन्तरिक यात्रुलाई यात्रा गर्न त सकस हुने हाइवेमा, बाह्य पर्यटकलाई कसरी आकर्षण गर्न सकिएला ?
(भट्ट, यती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल हुन् ।)

TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

Frequently Asked Questions about Novel Corona Virus COVID19 Test by NPHL

Next Post

कस्ता महिलाको पाठेघर झर्न सक्दछ?

Related articles

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

7 hours ago
476
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग
News

पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

8 hours ago
476
विशिष्टीकृत अस्पतालहरुको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री केसीलाई‌
News

स्वास्थ्य बीमाको समस्या समाधान गर्न राज्यमन्त्री केसीको अध्यक्षतामा कार्यदल गठन

18 hours ago
482
स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता
News

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

2 days ago
547
Bheri hospital
News

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

2 days ago
477
सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति
News

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

3 days ago
500
Next Post
20200312 230550

कस्ता महिलाको पाठेघर झर्न सक्दछ?

Comments 1

  1. Pingback: विवाह प्रथा वा कुप्रथा ? • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

डा. गोबिन्द केसी

डा.केसी संग वार्ता गर्न सरकारले समिति गठन गर्यो

2 years ago
471
यूपीएफद्वारा डाक्टर तथा पत्रकारहरू शान्तिदूतका रुपमा सम्मानित

यूपीएफद्वारा डाक्टर तथा पत्रकारहरू शान्तिदूतका रुपमा सम्मानित

1 year ago
471
कोरोना भाइरसको महामारीमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन #covid-19

कोरोना भाइरसको महामारीमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन #Covid-19

2 years ago
471

Don't Miss

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

सामाजिक विकास मन्त्री बोहराको पहलमा ४० वर्षपछि सेती अस्पतालको स्तरोन्नति

August 9, 2022
500
सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

सारथीद्वारा स्वास्थ्य अभिमुखिकरण तथा नि:शुल्क दन्त स्वास्थ शिविर

August 7, 2022
502
ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

ग्रीन लाईफ पोलिक्लिनिकले गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५८ जना लाभान्वित

August 6, 2022
535
सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

सोसाइटी अफ अटोल्याङग्रोलोजिष्ट नेपालको अध्यक्षमा डा. दिपेन्द्र श्रेष्ठ निर्वाचित

August 6, 2022
533
अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

अल्फा हेल्थ केयर र माछापुच्छ्रे बैंक बीच उपचारमा छुट सम्बन्धी सम्झौता

August 6, 2022
497
लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा १३ हजार महिलाले लिए प्रस्तुति सेवा

August 5, 2022
480
दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

दर्ता नगरेको व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को गम्भीर ध्यानाकर्षण

August 4, 2022
532
नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

August 4, 2022
520
सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

सुदुरपश्चिमको नवजीवन अस्पतालमा निजि क्षेत्रबाट पहिलो पटक डायलासिस सेवा सुरु

August 3, 2022
667
धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

धनगढीमा प्रहरी अस्पताल खुल्यो सोमबार बाटै सर्वसाधारणले पनि सेवा पाउने गरी शुरु

August 1, 2022
504
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,528)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In