काठमाडौं, २० असार २०७९
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले तेस्रो पुस्तक ‘लय छुटेको समय’ नामक पुस्तक बजारमा ल्याएका छन्।
‘लय छुटेको समयमा’ दुई खण्डका निबन्ध संग्रहहरु र पहिलो खण्डमा उपचारको उपक्रममा २२ वटा शिर्षक रहेको डा. पौडेलले बताए। पहिलो खण्डमा मेडिकल सोसोलोजी अर्थात अस्पताल र मानिसहरुको मनोविज्ञान तथा भावनासँग सम्बन्धित विषयबस्तु समेटिएको डा. पौडेलको भनाइ छ।
यस्तैगरी दोस्रो खण्डमा लकडाउन डायरी रहेको छ। कोरोना सुरु भएदेखि कोरोनाको दोस्रो कहरसम्मका घटना विवरणहरुलाई उनले निबन्ध मार्फत प्रस्तुत गरेका छन्। यसमा ३५ वटा शिषर्क छन्।
मेसु डा. पौडेलले स्कुल पढ्दादेखि नै कथा, कविता तथा निबन्ध लेखनमा रुची राख्ने गरेका थिए। डा. पौडेलले यसअघि पनि २ वटा पुस्तक लेखिसकेका छन्।
यसअघि उनले कविता संग्रह खुसीहरुको वनबास र कम्मरीदेखि कोभिड उपचार नामक पुस्तक लेखिसकेका छन्।
लय छुटेको समय पुस्तक बजारमा उपलब्ध भइसकेको तर औपचारिक विमोचन भने हुन बाँकी रहेको डा. पौडेलले जानकारी दिए।