याम प्रसाद भट्टराई
काठमाडौं, २८ असोज २०७७
यता काेराेना उता काेराेना,
जता ततै काेराेनै काेराेना ।
बर्ष दिन बित्न लाग्याे,
उथल पुथल भइदियाे मानवकाे सपना ।
फरक फरक आवाज छ गति झन उस्तै,
लड्नेहरु तछाड मछाड बनि सके रुस्टै ।
काेहि भन्छ यसरि काेहि उसरि,
तर, थाहा छैन काेराेना आउँछ कसरि ।
मुखमा पट्टि वाधेकै छ, हात छाेपेकै छ,
सकेजति वेलावेला चिल्लाे घसेकै छ ।
सुचना अनुसार सकेजती सुरक्षा अपनाएकै छ,
खानेकुरा पनि गक्ष अनुसार सकेजति खाएकै छ ।
जति सुरक्षा अपनाए पनि समात्न छाेड्या छैन,
जति पुकार गरेपनि पछि हट्या भने छैन ।
अचम्म भाे उल्कै भाे,
कति कडा काेराेना जति लडेपनि नसकिने ।
मानव जगतकाे सातै गाे ,
काेराेना मानव जगतकाे सातै गाे ।।