✍️ .हरी ओली
डेन्टल सर्जन,
कान्तिपुर डेन्टल कलेज एवम्
बेष्ट डेन्टल इम्प्लान्ट केयर बानेश्वर
अरु बेला भन्दा बिशेष गर्भावस्थामा दात तथा गिजा सम्बन्धि हेरचाह गर्नुपर्छ। हेरचाह गर्नु निम्न चरणहरु अनुसार गर्नुपर्छ।
प्रथम चरण: समान्य अवस्था हुँदा जति हुने दन्त लेउ दन्त पत्थर प्रति यो अवस्थामा बढी प्रतिकात्मक हुन्छ ।त्यसै कारणले गर्दा दात तथा मुखको सरसफाइमा ध्यान नदिदा गिजा सुन्निने ,गिजा बाट रगत आउने ,सास गनाउने जस्ता समस्या देखिन्छन् ।
दोस्रो चरण : यो अवस्थामा यदि दात तथा गिजा सम्बन्धि हेरचाह अथवा समयमा ध्यान नपुर्याउनाले गर्भमा रहेको बच्चालाई हानी पुग्न सक्छ जस्तै कम तौल भएको बच्चा जन्मिनु,गर्भपतनको संभावना बढ्नु।
तेस्रो चरण :उपचार गर्नुपर्यो भने पनि धेरै कुरा ध्यानमा राखेर दात तथा गिजा रोगको उपचार गर्न सकिन्छ ।त्यसमा पनि पहिलो र तेस्रोपटक अवस्थामा उपचार गर्दा ध्यान पुर्याउनु पर्छ।उपचार गर्नुपर्यो भने दोस्रो अवस्थामा सजिलो हुन्छ।त्यसमा पनि सतर्कता भएर गर्नुपर्ने हुन्छ।
चौथो चरण : रुढीबादी परम्पराको पछाडि लागेर यो अवस्थामा दात माझ्नु हुँदैन भन्ने जस्ता प्रबृत्ति हटाउनुपर्छ।नेपाली समाजमा यस्तो जटिल समस्या भैरहेको हुन्छ।
पाचौं चरण : यस अवस्थामा शरीरको अरु भागमा जस्तै समान्य रोग लाग्दा सेवन गर्न मिल्ने औषधिहरु समेत निषेधित हुन्छन् किनकी ती समान्य औषधिहरुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ जसले गर्दा गर्भावस्थामा हुर्किएको बच्चामा असर गर्छ।
छैटौं चरण : गर्भावस्थामा भिटामिन आईरनको आवश्यकता परेको हुन्छ।चाहिने मात्रामा सेवन भएन भने बच्चा तथा आमा दुबैको दात गिजा र हड्डीमा समस्याहरु देखिन्छन् ।यी लगायत अन्य कारणले समयमै समाधान भयो भने गर्भावस्थामा दात तथा गिजाको हेरचाहमा सरल र सहज हुन्छ ।