काठमाडौं, २४ असार २०७८
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य, उपचारात्मक सेवा महाशाखाले सरोकार तथा विज्ञहरूसँगको एक दिने कार्यशाला गोष्ठी स्वास्थ्य सेवा विभाग काठमाण्डौमा सम्पन्न गरेको छ ।
कार्यशाला गोष्ठीको उदघाटन शत्रको अध्यक्षता उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले गर्नु भएको थियो । कार्यक्रमको माईलस्टोन,जानकारी तथा उदेश्यका बारेमा शाखा प्रमुख डा. प्रकाश बुढाथोकी र मस्यौदाका बारेमा परामर्शदाता प्रा.डा. शैली प्रधानले प्रस्तुतीकरण गर्नु भएको थियो भने संचालन कमलेश मिश्रले गर्नु भएको थियो ।
कार्यक्रमको सम्बोधनमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले यो दिन ऐतिहासिक बन्न सकोस भन्ने शुभकामना दिदै अस्पताल स्वतन्त्र भएपनि स्वास्थ्यका अन्य बिद्याहरुसंग एकिकृत गर्दे लानपर्नेमा जोड दिनु भएको थियो । निर्देशक डा. पवनजगं रायमाझीले एकिकृत हुन नसकेको तथा ओझेलमा परेको यस दाँत तथा मुख सेवा स्वास्थ्यका तल्ला तहदेखी नै शुरु गर्दै संघीय अस्पताल एक रिफरल अस्पताल बन्ने गरी निचोड निकाल्न सुझाव तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यशाला गोष्ठीमा नेपालगन्ज, कान्तिपुर डेन्टल हस्पिटल , किष्ट मेडिकल कलेज ,काठमाण्डौ मेडिकल कलेज , नेपाल मेडिकल कलेज, पीपल्स डेन्टल कलेज, न्याम्स,पाटन, पोखरा प्रतिष्ठान, नीजि डेण्टल अस्पताल तथा सैनिक, शसस्त्र, प्रहरी, बीर, लुम्बिनी, बीरगन्ज, भरतपुर, भक्तपुर लगायतका अस्पतालमा कार्यरत ३० जना कन्सल्टेण्ट दन्तचिकित्सकहरू र सरोकारवालाको सहभागिता थियो । गोष्ठीमा ३ वटा कार्यपत्र प्रस्तुतका साथै ३ समुह बिभाजन गरी टिप्पणी प्रस्तुत तब ३ वटै समुहबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. ज्योत्सना रिमाल, कान्तिपुर डेण्टल कलेजका प्रा.डा. रबिन्द्रमान श्रेष्ठ र नेसनल डेण्टल हस्पिटलका डा. अनारकली पीयाले पुन छलफल गरी मस्यौदालाई अन्तिम रुप दिईएको डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
अन्तिम मस्यौदा डा. श्रेष्ठले प्रस्तुत गर्दै थप छलफलसहित निचोडमा पुगीएको डा. बुढाथोकीले बताए।
संघीयताको मर्मलाई आत्मसात गर्दै क्रमश दाँत नभए हेटौडा त्यो पनि नभए मात्र काठमाण्डौ उपत्यकामा अस्पताल स्थापना गर्न र अस्पताल स्थापना गर्दा स्थानीय जनप्रतिनिधिको ईच्छाशक्ति , उपलब्ध जनशक्ति तथा मेडिकल ब्याकअप भएको स्थान छनौट गर्न सिफारिस गरेको छ । त्यस्तै संघीय दन्त अस्पताल कम्तीमा १ सय डेन्टल चियर र प्रादेशिक दन्त अस्पताल ५० डेण्टल चियर भएको दाँत तथा मुख रोग अस्पताल खोल्न सुझाएको छ । रोगको गाम्भियरता अनुसार जनशक्ति बिशेषज्ञ सेवा, ओरल हाईजिन ईकाई , दन्त ल्याब लगायतका बिभाग, जनशक्ति, सर्पाेटिभ जनशक्ति सहित प्रमुखतया सर्वसाधारणका लागी बिशेषज्ञ सेवा दिन अस्पताल खोलिनुपर्ने निष्कर्ष निकालेको छ । अस्पतालले रोकथाम, उपचारात्मक, पुनस्थापना, प्रमासक सवै दन्त सेवा एकै छानाबाट दिनुपर्ने बताएको छ ।
महाशाखाको आ.ब.को स्विकृत कार्यक्रम अनुसार प्राविधिक कार्य समुहको सुझावअनुसार काठमाण्डौ उपत्यका, दाङ उपत्यका, पोखरा र चितवनमा संभाव्यता अध्ययन गरिएको थियो । प्राविधिक कार्य समुहको बिज्ञहरुमा पुर्व स्वास्थ्य सचिव प्रा.डा. प्रविण मिश्र, डा. शुसिल कोईराला र प्रा. डा. शुरजराम भक्त माथेमा हुनुहुन्थ्यो । शाखा प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रममा सहभागीको तर्फबाट न्याम्स वीर अस्पतालका डा. किशोर भण्डारी र किष्ट मेडिकल कलेजका सिजन पौड्यालले मन्त्ब्य राख्नु भएको थियो ।
http://4.188.83.218/static/3592.jpghealth/arjunhari-rijal/





