डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको अनलाईन पुस्तकालय र सिकाई प्लेटफर्म हो ।
यो प्लेटफर्म स्वास्थ्यकर्मी, विद्यार्थी, सरोकारवाला र यो विषयमा रुची राख्ने सबैको लागि एकै थलोबाट जानकारी र दस्तावेजहरुमा पहुँच प्रदान गर्न निर्माण गरिएको हो । परिवार कल्याण महाशाखाकै वेबसाईटमा अन्तर्निर्मित यो साईटलाई https://digitallibrary.fwd.gov.np/ बाट सजिलै हेर्न र प्रयोग गर्न सकिनेछ ।
बाल स्वास्थ्य तथा खोप शाखा, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा, मातृ तथा नवशिशु स्वास्थ्य शाखा र पोषण शाखा गरी महाशाखा अन्तर्गत रहेका चारवटा शाखा सम्वद्ध जानकारी, दस्तावेज, निर्देशिका, अनुसन्धान, लेखहरु र तालिम सामग्री, आदि यस पुस्तकालयमा उपलब्ध छन् । पुस्तकालयका सामग्रीहरु पढ्न र डाउनलोड गर्नका लागि लगईन गर्नुपर्दैन । तर अनलाईन सिकाई प्लेटफर्मबाट तालिम लिनको लागि भने यसमा लगईन गर्नुपर्दछ ।
युएसएआईडी/सुआहारा दोस्रो कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा परिवार कल्याण महाशाखाद्वारा विकास गरिएको यो डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र संसारभरबाट सजिलै हेर्न र सेवा लिन सकिनेछ ।
डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको उद्देश्यः
यस डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको मुख्य उद्देश्य स्वास्थ्य र पोषणको बारेमा विस्तृत जानकारी र ज्ञान एकै ठाउँमा उपलब्ध गराउनु हो । यो साईटले स्वास्थ्यकर्मी, विद्यार्थी र यो विषयमा रूची राख्ने सबैलाई निरन्तर सिक्ने र पढ्ने अवसर प्रदान गर्नेछ र आवश्यक तालिमहरू पनि अनलाईनमार्फत लिनको लागि सहयोग गर्दछ ।
डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रका मुख्य आकर्षणहरूः
यो डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रमा प्रमुख दुई आकर्षणहरू रहेका छन्ः
- पुस्तकालय, जहाँ विभिन्न पठनीय, अडियो, भिडियो सामग्रीहरू उपलब्ध छन् । यो भौतिक पुस्तकालय कै अनलाइन संस्करण जसरी डिजाइन गरिएको छ । डाउनलोड र लगईन नगरीकन पनि यहाँ राखिएका सामग्रीहरू पढ्न, हेर्न वा सुन्न सकिन्छ ।
- अनलाईन सिकाई प्लेटफर्म, जहाँ स्वास्थ्यकर्मी, विद्यार्थी र यो विषयमा रुची राख्ने सबैले अनलाईनमार्फत तालिम वा प्रशिक्षण लिन सक्दछन् । प्रशिक्षणमा अध्ययन, अध्यापन, यसलाई चाहिने सामग्री, परीक्षा र पाठ्यक्रम सकिएपछिको प्रमाणपत्रसम्म पनि अनलाईनमा नै उपलब्ध छ ।
डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रका मुख्य विशेषताहरूः
- यो पुस्तकालयमा नेपाली र अङ्ग्रेजी भाषा दुवैका स्रोत सामाग्रीहरू उपलब्ध छन् ।
- सहज रूपमा सामग्रीहरू खोज्न, पढ्न र डाउनलोड गर्न सकिन्छ ।
- प्रयोगकर्ताले अनलाईन सिकाई प्लेटफर्ममार्फत उपलब्ध पाठ्यक्रम अध्ययन गर्न सक्दछन् । त्यसका लागिआफ्नो पुरा नाम, ईमेल ठेगाना, मोबाईल नम्बर र पासवर्डको विवरण हालेर दर्ता गर्नुपर्दछ । एकपटक दर्ता गरेका प्रयोगकर्ताले त्यसपछि लगईन गरेर पाठ्यक्रममा जान पाउँदछन् ।
- पाठ्यक्रममा तोकिएबमोजिमको अंक ल्याउने सबै प्रयोगकर्ताले अनलाईनमा नै प्रमाणपत्र पाउन सक्दछन् ।
यी हुन डा. बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु #NMA
काठमाडौं, ०४ पुष २०८२ नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। संघको कार्यालयमा डा रिजालको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ। काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुँदैछ। यी हुन् […]
खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा
खोटाङ, ०१ पुष २०८२ खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर २ मा बस्ने एक परिवारका तीनै जना छोराछोरी स्वास्थ्य तर्फको सरकारी सेवामा प्रवेश गरेका छन्। जेठी छोरी अनिता कार्की र छोरा संजीव कार्की अहेब पदबाट सिफारिस भएका छन् भने कान्छी छोरी सबिना कार्की अनमी पदबाट सिफारिस भएकी छिन् । गरिब परिवारमा हुर्केर स्वास्थ्य सरकारी […]
धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा
कैलाली, ०१ पुस २०८२ कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे विशेषज्ञसहितको निःशुल्क स्वास्थ्यबाट एक लाख भन्दा बढीले सेवा लिएका छन । नगरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा सुरु गरेको थियो । उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा […]
डा. मिलन प्रकाश श्रेष्ठ र नेपाल आइडल सोनामको ‘फकाउने मान्छे’ वोलको गित सार्वजनिक
काठमाडौं, २७ मंसिर २०८२ वरिष्ठ कार्डियोलोजिष्ट डा. मिलनप्रकाश श्रेष्ठ र नेपाल आइडल गङ्गा सोनामको स्वरमा रहेको ‘फकाउने मान्छे’ बोलको नेपाली लोक आधुनिक गीत सार्वजनिक भएको छ । धपासीस्थित रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा. श्रेष्ठ र नेपाल आइडल सिजन ६ कि विजेता सोनामको स्वरमा रहेको उक्त गीत आज सार्वजनिक गरिएको हो । अर्जुन मिश्र […]
परिवारको पोषणमा साथ दिने “मेरो पोषण साथी” मोबाइल एपको शुभारम्भ #MeroPoshanSathi
ललितपुर, १० भाद्र २०८० गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्नुभएको छ। यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी […]















