Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड-१९ तथा बाल स्वास्थ्य #Covid19 & Child health

HNN Staff by HNN Staff
April 29, 2020
in Health, News
Reading Time: 1 min read
A A
1
कोभिड-१९ तथा बाल स्वास्थ्य #Covid19 & Child health
637
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. प्रदिप मिश्र, नवजात शिशु तथा बाल रोग विशेषज्ञ 

गत डिसेम्बर महिना देखि चीनबाट सुरू भएर हाल संसारभर फैलिएको कोभिड – १९ महामारीले गर्दा सानासाना नानीबावुको विद्यालय बन्द छ । यसले एकातर्फ बालबालिकाहरुलाई कोभिड  १९ को संक्रमणबाट तुलनात्मक रुपमा सुरक्षित छन । जुन हामी चिकित्सक एवम् अभिभावकहरुको लागि खुसीको कुरा हो । तर अर्कोतर्फ बालबालिकाहरुले कसरी आफ्नो दैनिकी बिताइरहेका छन ? यो एक वालरोग विशेषज्ञको नाताले एउटा सोचनिय प्रश्न हो ।

विद्यालयमा गएर अध्ययन गर्ने, साथी संगीसंग मिलेर खेलकुद एवम् अतिरिक्त क्रियाकलापमा भाग लिने बालबालिकाले घरमा के गरिरहेका छन ? त्यसैगरी यो महामारीमा त्रास बढिरहँदा प्राय खाना तथा नास्तामा जंक फुडले कत्तिको बाँस जमाइरहेको छ ? साथै मनोवैज्ञानिक रुपमा त्रास कतिको परेकोछ ? । यी तीन बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने प्रमुख कुरा हुन ।

समस्याहरु
कुपोषण ती बच्चाहरुको लागि अर्को समस्या हो। जसको सामाजिक आर्थिक स्थिति कमजोर छ। खाद्यान्न सुरक्षाको अभाव , कमजोर बित्तिय स्थिति , समानको बढ्दो दर र मापनका मुद्दा हुन । जुन परिवारले आफ्ना बच्चाहरूलाई पौष्टिक आहार लिन असमर्थ छ्न। जसले उनिहरुको स्वास्थ्यलाई असर गर्दछ र उनीहरु कुपोषणको खतरामा पर्दछ्न। लकडाउनको बेलामा बालबालिकाहरु घरमै बसेर कोरोनाको संक्रमणबाट त जोगिएका छन तर घरमा बस्दा कुनैपनि शारीरिक क्रियाकलाप सरिक नभै बस्नु, टिभी, मोबाइल र भिडियो गेम खेल्दै जंक फुड खाने प्रबृत्ति बढेको छ जसकाकारण मोटोपन पहिलो पंक्तिमा पर्ने समस्या हो । न्यून शारीरिक क्रियाकलाप र आरामदायी जीवनशैलीले तौल बढ्दै जान्छ । साथै सन्तुलित आहार नखाने समस्या अहिलेको परिस्थितिमा मोटोपनको साथै अन्य समस्याहरु निम्त्याउँछन ।

मोटोपन पछिको अर्को समस्या उनीहरुको बौद्धिक बिकासमा असर पर्नु हो । असन्तुलित र आहार आलिसान जीवनशैली र बढी भन्दा बढी इलेक्ट्रोनिक सामाग्रीसंग समय बिताउँदा बौद्धिक बिकासमा असर पर्छ । साथै विश्वभर संक्रमित तथा मृत्यु हुनेको खवरले बालबालिका मानसिक रुपमा पनि आत्तिएका देखिन्छन । यी सबै कुरा बालबालिकाको बिकासका दुष्चक्रका प्रमुख घटक हुन ।

समाधान :
१. आलुचिप्स, बिस्कुट, चाउचाउ, चक्लेट जस्ता बजारजन्य खानेकुराहरु मोटोपनका प्रमुख खाद्य बस्तु हुन । यस्ता खानेकुराहरु न्यून गर्ने र नियमित समयचक्रमा सन्तुलित आहार सेवन गर्ने ।

२. स्क्रिन टाईमा वा इलेक्ट्रोनिक सामाग्रीहरु जस्तो मोबाइल, टिभीमा बिताउने समय घटाउने । यो समयमा घरमा उपलब्ध खेलकुदका सामाग्री सबै पारिवारिक सदस्य बालबालिका संग खेल्ने । अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सले दिएको सिफारिस अनुसार १८ महिना भन्दा कम उमेरका बच्चालाई यस्ता सामाग्री हेरनै नदिने र पाँच वर्ष सम्मकालाई दैनिक एक घण्टा भन्दा बढी नदिने । त्यसैगरी अन्य बच्चालाई अभिभावकको निग्रानिमा मात्रै प्रयोग गर्न दिने ।

३. खानेकुरा खाने बेलामा बालबालिकालाई टिभी मोबाइल हेर्न नदिने र हेरेको बेलामा खानेकुरा खान नदिने ।

४. नियमित रुपमा व्यायाम गर्ने । कम्तिमा एक दुई घण्टा घरभित्रै योगा वा शारीरिक व्यायाम गर्नु पर्दछ ।

५. खाली समयमा चित्र बनाउने, पुस्तकहरु पढ्ने, हेन्ड राइटिङको अभ्यास गर्ने , सामान्य ज्ञान तथा उपलब्ध पुरानै भएपनि पत्रपत्रिका पढ्ने बानी बसाल्नु पर्दछ ।

६. बालबालिकाहरु मानसिक रुपमा धेरै डर त्रासमा रहेको यो अवस्थामा अभिभावकले उत्प्रेरणा मुलक कथा, कविता, तथा अन्य सामाग्री सुनाउने / देखाउने गर्नु पर्दछ जसबाट बालबालिकामा रहेको भय निर्मुल होस् ।

यो संकटको समयमा बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने जिम्मेवारी अभिभावकको हो । बालबालिकालाई घरमै रमाउन सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ ।

डा. मिश्र हाल : सेती प्रादेशिक अस्पताल र निसर्ग अस्पतालमा कार्यरत हुनुहुन्छ ।

 


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19Seti Provincial Hospital
SummarizeShare284ScanTweet147

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.