रोगलागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम मानिन्छ । स्वास्थ्य र सरसफाइमा ध्यान दिएमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ । झाडापखाला, फुड प्वाइजेनिंग वा ग्यास्ट्रोइन्टेराइटिसको केस दिन प्रतिदिन बढ़दै गएको अवस्थामा हामी सबैले ध्यान दिनुपर्ने ८ वटा सुझावहरू यस प्रकार छन्।
- घरको पानीमात्र पिउने सकेसम्म उमालेको वा प्यूरिफ़ाई गरेको (पानी बोकेर लाने )
- घर बाहिर सलाद वा काँचो खानेकुरा सकेसम्म नखाने
- घर बाहिर दही र अन्य दुधजन्य खानेकुरा नखाने
- घर बाहिर मासु जन्य खानेकुरा जस्तै अण्डा, मासु, मःमः, मिटबल आदि नखाने
- सकेसम्म घरमा पनि बासी मासु नखाने
- अण्डा कति दिन पुरानो हो ध्यान दिने , सकेसम्म उसिनेको मात्र खाने फ़्रेश किनेको
- घरमा पनि काँचो खाने कुरा ( सलाद, फल) राम्रो पानीमा सफ़ा गरेर प्रयोग गर्ने
- समग्र रूपमा घर बाहिरको पानी र खाना केही दिन बन्द गर्ने, खाने बाध्यता भएमा सकेसम्म शाकाहारी र पकाएको ताज़ा खाना छानेर मात्र खाने।
रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food