Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

HNN Staff by HNN Staff
June 6, 2020
in Disease, Health, News
Reading Time: 1 min read
A A
0
कोरोनाले स्वरूप फेर्‍यो – कुनै लक्षण नदेखिए पनि कोरोना संक्रमण देखिन सक्छ। #Covid19
675
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

 

– कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन ।

– संक्रमितसंग ५ – १० मिनेट कुरा गर्दा सर्दैन ।
– घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ । केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन ।

– N95 मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन ।सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ । अमेरिका लगायत बिकसित देशमा पनि यो प्रचलन कायम छ ।

– आफ्नो पावरको वा पावर आबश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ । त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ ।

– संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन ।

–  घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने बातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना  कम  हुन्छ ।

– लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन ।

– जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घरोगभएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन । २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाब ब्यबस्थापन गर्ने हो भने ९० % संक्रमितलाई आफै निको हुन्छ ।

– रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु   पर्दैन ।

– नेपालमा देखिएको कोरोना संक्रमण ८५ % भारतबाट आएकोमा देखिएको छ । त्यो समुहलाई सीमामा होल्डिंग गरेर क्वारेन्टाइन, स्याहार, परिक्षण, संक्रमितलाई आइसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउंदैन ।

– नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन् ।

– गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् । कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ ।

– नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन ।परीक्षणमा कोरोना पनि देखिएको हो ।

– नेपालमा हालसम्म सक्रमितमध्ये ९०% जोखिम बर्गमा पर्दैनन् ।तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ ।

– कोरोना अन्तराष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो | प्रचारमा आए अनुसार यो घातक छैन । विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो बर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन ।

– मन भनेको शरीरको ड्राइभर हो । मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं । मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ । रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ ।

– हामी आत्मा अनुशाशनमा बस्यौं भने, उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन ।

– अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ ।तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नुपर्दैन ।

– रोजगारी, लगानी लगायत ब्यबसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ । कोरोना संक्रमणको जगजगी लामो समय रहदैन । त्यसपछि हाम्रो मेहेनतले जीवन अझै राम्रो हुनेछ ।

– हामीले आफुलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा ब्यबसाय परिवर्तन गर्नुपर्दछ । घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ ।  महामारीमा जीवन यापन गर्नको लागि हामीसंग धेरै बिकल्प छन्, त्यसलाई चिन्न सक्नुपर्दछ ।

– परिक्षणको दायरा बढेसंगै संक्रमितको पहिचान हुनेछ ।संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसंग मिसिन नदिनु सकारात्मक बिषय हो । यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ ।

– मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वाश्प्रश्वासको अभ्यास गर्ने, मनोरंजन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिंड्ने गर्यौं भने जीवन सुखमय हुन्छ ।

#Covid19 #Corona-virus #public Health #Accident  #Social distance 

Tags: #Dr.Rabindra PandeyCorona Virus #Covid19
SummarizeShare322ScanTweet147

Related articles

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

by Nam Raj Bhatta
July 16, 2026
0

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पतालको आफ्नै भवन निर्माण सुरु गरेको छ। अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले भवनमा मात्र १ अर्ब लगानी र अत्याधुनिक प्रविधिसहितको सामानहरुका...

दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

by Nam Raj Bhatta
July 15, 2026
0

स्वास्थ्य सेवा गुणस्तरीय, सहज र विशेषज्ञ चिकित्सकको पहुँचमा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै वि.सं. २०६३ मा स्थापना भएको च्छो–रोल्पा अस्पताल आज दोलखा जिल्लाको अग्रणी निजी स्वास्थ्य संस्थाका रूपमा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    831 shares
    Share 332 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    675 shares
    Share 291 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    690 shares
    Share 307 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता
  • दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल
  • काठमाडौंमा हैजाका दुई शंकास्पद बिरामी भेटिए, उच्च जोखिममा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.