बाजुरा , १८ जेठ
बाजुरा जिल्ला आस्पतालको आइसोलेसनमा राखिएको २ वर्ष बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शुक्रबार मृतक बालिकाको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो।
ति बालकको आइतबार बिहान ६ बजे आइसोलेसनमै निधन भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए।
अवस्थीका अनुसार मृतक बालिकाकी २३ वर्षिया आमामा पनि कोरोना पुष्टि भएको छ भने बुवामा संक्रमण देखिएको छैन।सुदुरपस्चिममा थप ५ जनामा पनि कोरोनाको संक्रमण देखिएको छ।
आठ दिन अघी उनी बुवाआमासँग भारतबाट आएर क्वारेन्टाइनमा रहेकी थिइन्। उनीहरू बुढिगंगा नगरपालिको क्वारेन्टाइनमा राखिएको थियो।
उक्त बालिकामा पखाला, ज्वारो र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ।