10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण

Nam Raj Bhatta by Nam Raj Bhatta
May 21, 2023
in Fitness, News
Reading Time: 1 min read
A A
0
तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण
626
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ जेठ २०८०

पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। यो सँगै बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी) घुँडा माथि दुबै अंगबिच्छेद भएका व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।

कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झन्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।

रोल्पाको थवाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए।

बुढामगरले गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए। बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने हरिको सपना थियो। सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं।’

हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा छन्। थापाले ब्रिटिसको स्पेशल एअर सर्भिसको माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए। Hari budhamagar

सफल आरोहणपछि स्याटलाइट फोन मार्फत हरिले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नै पर्ने थियो। त्यसैले हामीलाई केही फरक परेन। जतिसुकै दुःख भएपनि, गाह्रो भएपनि हामीलाई केही फरक परेन र अन्तत: हामी सफल भयौं।’

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कमजोर हुँदैनन् भन्ने आत्मविश्वास दिलाउन पनि यो आरोहण महत्वपूर्ण रहेको उनी बताउँछन्। उनले खुशी हुँदै थप भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपांगता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ।’

सगरमाथाको सफल आरोहण गर्नुपूर्व उनले मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपूर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका आरोहण गरिसकेका थिए। सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब नी’ को रेकर्डलगायत रेकर्ड बुढामगरको नाममा छ।

Tags: Corona Virus #Covid19Hari budhamagarMount Everest
SummarizeShare275ScanTweet146

Related articles

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, १३ फागुन २०८२ महिलाहरुको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ। ललितपुरको ग्वार्को स्थित रोयल...

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, ११ फागुन २०८२ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालले यो सेवा कार्तिक महिनामा...

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Nam Raj Bhatta
February 24, 2026
0

कैलाली, १२ फागुन २०८२ नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको...

एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल

एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल

by Nam Raj Bhatta
February 24, 2026
0

काठमाडौं, १२ फागुन २०८२ साम्बाले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्– ‘नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको ‘साम्बा’ यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चो'टका कारण...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    624 shares
    Share 250 Tweet 156
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    600 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    594 shares
    Share 238 Tweet 149
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    594 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
  • एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल
  • नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.