Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कसरी घटाउने मोटोपना ? मोटोपनाले पैदा गर्ने रोग के हुन् ? #Obesity

HNN Staff by HNN Staff
November 3, 2020
in Fitness, Health
Reading Time: 2 mins read
A A
7
कसरी घटाउने मोटोपना ? मोटोपनाले पैदा गर्ने रोग के हुन् ? #Obesity

Fitness is key to healthy life

659
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मोटोपन किन बढ्छ ? यो प्रश्न भन्दा पनि अर्को प्रश्नले हामीलाई बढी सताइरहेको छ । मोटोपन कसरी घटाउने ?

जबकी अघिल्लो प्रश्नमै त्यसको समाधान छ । अर्थात मोटोपन बढ्ने कारणहरु खोतलेर त्यसको सही व्यवस्थापन गर्नु नै मोटोपनबाट छुटकारा पाउने सरल उपाय हो ।

Dr Tara Koirala Senior, Specialist, Diabetes, Thyroid and Hormone Disease
Dr Tara Koirala Senior, Specialist, Diabetes, Thyroid and Hormone Disease

मोटोपन किन बढ्छ त ?

जवाफ हामीसँग नै छ । अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्छ ।

मोटोपन आफैमा रोग हो त ?

मोटोपन आफैमा रोग होइन । तर, यसले रोगलाई जन्म दिन्छ । रोग भन्दा पनि हामी ज्यानलाई फिटनेस राख्न मोटोपन कसरी घटाउने भनेर घोत्लिरहेका हुन्छौ । मोटोपन भएपछि शरीर भद्दा हुन्छ । न लुगाफाटो लगाएको सुहाउँछ, न हेर्दा छरितो नै देखिन्छ ।
अर्कोतिर हिँडडुल गर्न सहज हुँदैन । शरीर मोटो भएपछि फुर्ति घट्छ ।

मोटोपनले पैदा गर्ने रोग

मोटोपन घटाउनु वा मोटो हुँदै नहुनु वा मोटोपन व्यवस्थापन गर्नु भनेको शरीरलाई स्लिम बनाउनु मात्र होइन । संभावित रोगको जोखिमबाट बच्नु पनि हो । मोटोपनले उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर लगायत मुटु सम्बन्धी रोग जन्माउँछ । यसले स्वासप्रश्वासमा असर गर्छ । भनिन्छ, बाँझोपन पनि ल्याउँछ ।

दक्षिण एशियाको तथ्यांक

मोटोपन वर्तमान समयको ठूलो चुनौती हो । अहिलेको जीवनशैलीले मोटोपनलाई बढाव दिइरहेको छ । नेपाली समाजका लागि मोटोपन टाउको दुखाईको विषय हो । तर, नेपाली परिवेशमा मात्र होइन, विश्वकै लागि यो टाउको दुखाईको विषय हो । ग्लोबल न्युटि्रसनले भर्खरै सार्वजनिक गरेको रिपोर्टले भन्छ, अघिल्लो बर्ष दक्षिण एसियामा मात्र करिब २४ प्रतिशत महिलामा मोटोपनको समस्या देखिएको छ । नेपालमा २२ प्रतिशत महिलालाई मोटोपनले गाँजेको छ ।

विश्व स्वास्थ्य संगठन भन्छ, ‘विश्वमा करिब एक अर्ब ९ करोड मानिस मोटोपनको शिकार भएका छन् । यसमा बालबालिकाको संख्या पनि उत्तिकै छ ।

मोटोपन : अब के गरौं ?

मोटोपन किन हुन्छ ? भन्ने समस्याको निराकरण खोज्ने हो भने यसबाट छुटकारा पाइन्छ । मोटोपन मुलत हाम्रो खराब जीवनशैलीको कारण हुन्छ । एकातिर निस्क्रिय दिनचर्या, अर्कोतिर अस्वस्थ्यकर खानपान । फास्टफुड, चिल्लोचाप्लो, मसलेदार खानेकुराको सेवन अत्याधिक बढेको छ । त्यसअनुरुप शारीरिक सक्रियता घट्दै गएको छ ।

Food for diabetes patients

हामी काम पनि बसीबसी गर्छौ । खेल्नका लागि पनि मैदान होइन, मोवाइल वा भिडियो गेम रोज्छौ । यता भोज, पार्टी, फेमेली गेटटुगेदर, चाडपर्व आदिको नाममा खाने संस्कृति बढ्दो छ । यहि कारण हामी मोटो हुँदैछौ । भनौ, हामीलाई मोटोपनले गाँज्दैछ ।

चिकित्सकहरुले भन्दै आएका छन्, खानका लागि बाँच्ने प्रवृत्ति नै यसको मूल कारण हो । बाँच्नका लागि खाने होइन, खानका लागि बाँच्ने ।
बद्लिदो जीवनशैली, अस्वस्थ्यकर खानपान लगायतका कारण नेपाल लगायतको दक्षिण एसियाली मुलुकका महिलाहरुमा मोटोपनाको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मोटोपनबाट छुटकारा पाउन मूलत आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । निस्त्रिmय बस्ने वा शारीरिक गतिविधि नगरी बस्ने प्रवृत्ति त्याग्नुपर्छ । शरीर चलायमान हुनुपर्छ । त्यही अनुरुप स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ । त्यससँगै व्यायामलाई जीवनकै अभिन्न पाटोको रुपमा लिनुपर्छ ।

मोटोपनबाट छुटकारा पाउने सामान्य टिप्स

  • चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा त्यागौं । सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं । रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड खाने नगरौं ।
  • एकै पटक धेरै खाने, खाना खाइसकेर सुत्ने जस्ता बानी त्यागौं । थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गरौं ।
  • खानेकुरामा सलादको मात्रा बढी हुनुपर्छ । ताजा फलफूल सेवन गरौं । फलफूल, सलादको सेवनले मोटोपन नियन्त्रणमा प्रभावकारी काम गर्छ ।
  • बढिभन्दा बढि पैदल हिँड्न प्रयास गरौं । मोटोपना घटाउन कसरतको ठूलो भूमिका हुन्छ । नियमित कसरतले शरीरलाई चुस्त र स्लिम राख्छ ।
  • नास्ताले हाम्रो दिनभरीको पोषणसम्वन्धि आवश्यकतालाई पूरा गर्छ । त्यसैले नास्तालाई बढिभन्दा बढि पौष्टिक बनाएर खाने गरौं ।
  • ओखर बेस्सरी खानुपर्छ । यसले ओमेगा ३ फ्याटी एसिडको राम्रो मात्रा प्राप्त हून्छ, स्मरणशक्ति तेज रहन्छ र जवान राख्छ ।
  • स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ । दहीमा प्रोबायोटिक्स हुन्छ, जुन राम्रो ब्याक्टेरिया हो । यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ । दैनिक एक कचौरा दही सेवन गर्नुभयो भने शरीरमा उर्जा पनि प्राप्त हुन्छ ।
  • आइरनबाट भरपुर चिजहरु जस्तै स्याउ र मूला खाँदा शरीरमा ताकत प्राप्त हुन्छ । साथै केही समय घाममा बसेर बदाम खाएमा स्फूर्तिको महसुस गर्नेछन् ।

✍ लेखक डा.तारा कोइराला वरिष्ठ चिकित्सक, मधुमेह थाइराइड र हार्मोन हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्ने अफिसिअल फेसबुक पेज ।

http://4.188.83.218/static/3592.jpgfitness/slim-body-tips/

Tags: Diet TipsDr Tara KoiralaObesityWeight lossWellness
SummarizeShare304ScanTweet148

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

by Nam Raj Bhatta
April 15, 2026
0

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेसँगै आज...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक
  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.