आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

कसरी घटाउने मोटोपना ? मोटोपनाले पैदा गर्ने रोग के हुन् ? #Obesity

HNN Staff by HNN Staff
November 3, 2020
in Fitness, Health
A A
7
कसरी घटाउने मोटोपना ? मोटोपनाले पैदा गर्ने रोग के हुन् ? #Obesity

Fitness is key to healthy life

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

मोटोपन किन बढ्छ ? यो प्रश्न भन्दा पनि अर्को प्रश्नले हामीलाई बढी सताइरहेको छ । मोटोपन कसरी घटाउने ?

जबकी अघिल्लो प्रश्नमै त्यसको समाधान छ । अर्थात मोटोपन बढ्ने कारणहरु खोतलेर त्यसको सही व्यवस्थापन गर्नु नै मोटोपनबाट छुटकारा पाउने सरल उपाय हो ।

Dr Tara Koirala Senior, Specialist, Diabetes, Thyroid and Hormone Disease
Dr Tara Koirala Senior, Specialist, Diabetes, Thyroid and Hormone Disease

मोटोपन किन बढ्छ त ?

जवाफ हामीसँग नै छ । अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्छ ।

मोटोपन आफैमा रोग हो त ?

मोटोपन आफैमा रोग होइन । तर, यसले रोगलाई जन्म दिन्छ । रोग भन्दा पनि हामी ज्यानलाई फिटनेस राख्न मोटोपन कसरी घटाउने भनेर घोत्लिरहेका हुन्छौ । मोटोपन भएपछि शरीर भद्दा हुन्छ । न लुगाफाटो लगाएको सुहाउँछ, न हेर्दा छरितो नै देखिन्छ ।
अर्कोतिर हिँडडुल गर्न सहज हुँदैन । शरीर मोटो भएपछि फुर्ति घट्छ ।

मोटोपनले पैदा गर्ने रोग

मोटोपन घटाउनु वा मोटो हुँदै नहुनु वा मोटोपन व्यवस्थापन गर्नु भनेको शरीरलाई स्लिम बनाउनु मात्र होइन । संभावित रोगको जोखिमबाट बच्नु पनि हो । मोटोपनले उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर लगायत मुटु सम्बन्धी रोग जन्माउँछ । यसले स्वासप्रश्वासमा असर गर्छ । भनिन्छ, बाँझोपन पनि ल्याउँछ ।

दक्षिण एशियाको तथ्यांक

मोटोपन वर्तमान समयको ठूलो चुनौती हो । अहिलेको जीवनशैलीले मोटोपनलाई बढाव दिइरहेको छ । नेपाली समाजका लागि मोटोपन टाउको दुखाईको विषय हो । तर, नेपाली परिवेशमा मात्र होइन, विश्वकै लागि यो टाउको दुखाईको विषय हो । ग्लोबल न्युटि्रसनले भर्खरै सार्वजनिक गरेको रिपोर्टले भन्छ, अघिल्लो बर्ष दक्षिण एसियामा मात्र करिब २४ प्रतिशत महिलामा मोटोपनको समस्या देखिएको छ । नेपालमा २२ प्रतिशत महिलालाई मोटोपनले गाँजेको छ ।

विश्व स्वास्थ्य संगठन भन्छ, ‘विश्वमा करिब एक अर्ब ९ करोड मानिस मोटोपनको शिकार भएका छन् । यसमा बालबालिकाको संख्या पनि उत्तिकै छ ।

मोटोपन : अब के गरौं ?

मोटोपन किन हुन्छ ? भन्ने समस्याको निराकरण खोज्ने हो भने यसबाट छुटकारा पाइन्छ । मोटोपन मुलत हाम्रो खराब जीवनशैलीको कारण हुन्छ । एकातिर निस्क्रिय दिनचर्या, अर्कोतिर अस्वस्थ्यकर खानपान । फास्टफुड, चिल्लोचाप्लो, मसलेदार खानेकुराको सेवन अत्याधिक बढेको छ । त्यसअनुरुप शारीरिक सक्रियता घट्दै गएको छ ।

Food for diabetes patients

हामी काम पनि बसीबसी गर्छौ । खेल्नका लागि पनि मैदान होइन, मोवाइल वा भिडियो गेम रोज्छौ । यता भोज, पार्टी, फेमेली गेटटुगेदर, चाडपर्व आदिको नाममा खाने संस्कृति बढ्दो छ । यहि कारण हामी मोटो हुँदैछौ । भनौ, हामीलाई मोटोपनले गाँज्दैछ ।

चिकित्सकहरुले भन्दै आएका छन्, खानका लागि बाँच्ने प्रवृत्ति नै यसको मूल कारण हो । बाँच्नका लागि खाने होइन, खानका लागि बाँच्ने ।
बद्लिदो जीवनशैली, अस्वस्थ्यकर खानपान लगायतका कारण नेपाल लगायतको दक्षिण एसियाली मुलुकका महिलाहरुमा मोटोपनाको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मोटोपनबाट छुटकारा पाउन मूलत आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । निस्त्रिmय बस्ने वा शारीरिक गतिविधि नगरी बस्ने प्रवृत्ति त्याग्नुपर्छ । शरीर चलायमान हुनुपर्छ । त्यही अनुरुप स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ । त्यससँगै व्यायामलाई जीवनकै अभिन्न पाटोको रुपमा लिनुपर्छ ।

मोटोपनबाट छुटकारा पाउने सामान्य टिप्स

  • चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा त्यागौं । सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं । रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड खाने नगरौं ।
  • एकै पटक धेरै खाने, खाना खाइसकेर सुत्ने जस्ता बानी त्यागौं । थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गरौं ।
  • खानेकुरामा सलादको मात्रा बढी हुनुपर्छ । ताजा फलफूल सेवन गरौं । फलफूल, सलादको सेवनले मोटोपन नियन्त्रणमा प्रभावकारी काम गर्छ ।
  • बढिभन्दा बढि पैदल हिँड्न प्रयास गरौं । मोटोपना घटाउन कसरतको ठूलो भूमिका हुन्छ । नियमित कसरतले शरीरलाई चुस्त र स्लिम राख्छ ।
  • नास्ताले हाम्रो दिनभरीको पोषणसम्वन्धि आवश्यकतालाई पूरा गर्छ । त्यसैले नास्तालाई बढिभन्दा बढि पौष्टिक बनाएर खाने गरौं ।
  • ओखर बेस्सरी खानुपर्छ । यसले ओमेगा ३ फ्याटी एसिडको राम्रो मात्रा प्राप्त हून्छ, स्मरणशक्ति तेज रहन्छ र जवान राख्छ ।
  • स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ । दहीमा प्रोबायोटिक्स हुन्छ, जुन राम्रो ब्याक्टेरिया हो । यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ । दैनिक एक कचौरा दही सेवन गर्नुभयो भने शरीरमा उर्जा पनि प्राप्त हुन्छ ।
  • आइरनबाट भरपुर चिजहरु जस्तै स्याउ र मूला खाँदा शरीरमा ताकत प्राप्त हुन्छ । साथै केही समय घाममा बसेर बदाम खाएमा स्फूर्तिको महसुस गर्नेछन् ।

✍ लेखक डा.तारा कोइराला वरिष्ठ चिकित्सक, मधुमेह थाइराइड र हार्मोन हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्ने अफिसिअल फेसबुक पेज ।

कसरी बनाउन सकिन्छ कम्मर पातलो र सुन्दर शरीर कस्ता कस्ता उपायहरु अपनाउन सकिएला??

Tags: Diet TipsDr Tara KoiralaObesityWeight lossWellness
Nisarga hospital Dhangadhi
Previous Post

टेकु अस्पतालले कोरोना भाइरसका बिरामीलाई उपचारका लागि धरौटी नलिने

Next Post

अमेरिकामा गत साता अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

5 months ago
904
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
969
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

11 months ago
803
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

12 months ago
788
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
776
Next Post
Corona-virus

अमेरिकामा गत साता अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

Comments 7

  1. Pingback: रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food • Health News Nepal
  2. Pingback: हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack • Health News Nepal
  3. Pingback: मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा - डा भोज राज अधिकारी #diabetes • Health News Nepal
  4. Pingback: स्वास्थ्य क्षेत्रमा Clinical Trainer तयार गर्दै सुदूरपश्चिम प्रदेश #Farwestern • Health News Nepal
  5. Pingback: डी एच आइ एस २ को सुबिधा बिस्तार गर्दै सुदूरपश्चिम #Farwestern • Health News Nepal
  6. Pingback: जनस्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाई सम्मानित #PublicHealth • Health News Nepal
  7. Pingback: तौल घटाउने ८ टिप्सहरु जानी राखौं • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...