✍️ डा.श्रवण कुमार मिश्र , भाइरोलोजिष्ट
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू
यो रोग सर्न वा सार्नबाट बच्न जांच गर्नु ठान्नु गलत हो । जांच गर्नुको उदेश्य रोगको श्रोत पता लगाउनु हो । रोगको श्रोत फेला पर्नु, त्यसलाइ अलग्याउनु, उपचार गर्नु हो । रोगको श्रोत पता नलागेको अवस्थामा वा श्रोत थाहा भएर अपनाउनु पर्ने भन्नेको दुरी कायम गर्नु हो ।
कार्यालयमा काम गर्न वा एक ठाउँबाट अर्को ठाउँमा प्रवेश गर्न वा लोक सेवाको अन्तरबार्ता दिन वा घरभाडामा बस्न जाँचको रिपोर्ट चाहिदैन । कुनै किसिमको लक्षण नभएको व्यक्तिमा जांच गर्नु बालुवामा पानि हाल्नु सरह हो ।
अमेरिकाले जांच गर्यो, तर दुरी कायम गरेन, परिणाम हाम्रो सामु छ । नेपालले जांच गर्यो, क्वारेन्टाइनमा ब्यबस्थित गर्न सकेन, अर्थात दुरी कायम गर्न सकेन, परिणाम हाम्रो सामु छ । दुरी कायम गर्नुको पाराकाष्टा भनेको लकडाउन हो । जनतालाई दुरी कायम गर्न सिकाउनलाई लकडाउन गरिएको हो । निरन्तर दुरी कायम गर्न सिकेपछी लकडाउन हटाउन र तत् पश्चात दुरी कायम गरि व्यक्तिगत सरसफाई गरे यो रोग सर्न वा सार्नबाट बच्न सकिन्छ ।
एक चोटी जांच गराएको रिपोर्टको आधारमा त्यो व्यक्तिलाई रोग लाग्दैन भन्ने भ्रममा नपर्नु होला; रोग सर्ने वा नसर्ने उक्त व्यक्तिको व्यक्तिगत सरसफाई आनीबानी र भौतिक/ सम्मजिक दुरी र व्यक्तिगत सरसफाइमा निभर हुन्छ ।
यो रोग दुरी कायम नगरेमा ; भिडभाडमा जाँदा ; अपरिचित सामानहरु छुँदा; र हात नधोई अनुहार, मुख, नाक वा आँखा मिज्दा सर्न सक्छ ।
तसर्थ निम्न अनुसारको बानि ब्यबहारमा परिवर्तन गर्नु होस्:
१. कम्तिमा एक मिटर (तिन फिट) दुरी कायम गर्नु
२. अपरिचित सामानहरु छुँदा साबुन पानीले हाथ धुने
३. सफा हाथ मात्र अनुहार, मुख, नाक वा आँखा तिर लानु
४. व्यक्तिगत सरसफाई निरन्तर गर्नु।