धरान, २२ जेठ
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा युबा अभियान्ता डा. देबराज घिमिरेले मोरङ निवासि २५ बर्ष कि चन्द्र माया अधिकारी भट्टराई लाई आफैले रक्तदान गरी जिबन बचाएका छन।
प्लासेन्टा प्रिभिया नामक समस्या आएपछि गर्भवती,महिलालाई बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्त्री रोग बिभागमा भर्ना गरि उपचार भईरहेको र महिला अप्रेसन गरि ज्यान बचाउनु पर्ने चिकित्सक हरुको सल्लाह बमोजिम बि पोजेटिभ रगत चाहिएकोमा,बिरामिका कुरुवाहरु भौतारी रहेको अबस्थामा डाक्टर घिमिरेले ड्युटीमा रहेको बेला थाहा पाई आफै गएर रक्तदान गरेका हुन।
सेवा नै मानव धर्म हो भन्ने डा. घिमिरेले यस अघि नि आफैले हेरेको बिरामिलाई परेको खण्डमा अाफै रक्तदान गर्दै आएका छन।लकडाउनको अबस्थामा देशै भरि रगतको चरम अभाब रहेकोले आफैले रक्तदान गरेको डा. घिमिरेले बताए।
समाजिक कार्यमा सक्रिय डाक्टर घिमिरेले समाजमा भैआइपरेको हरेक समस्यामा एक चिकित्सकको हैसियतले सदैब सहयोग रहने बताए।
देशमा रगतको कमि हुन नदिन यो माहामारीको समयमा सबै उमेर पुगेका, स्वास्थ्य ब्यक्तिले हरेक ३ महिनाको फरक मा रक्तदान दान गर्नु पर्नेमा डाक्टर घिमिरे ले जोड दिए।