Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

उच्च रक्तचाप भए के गर्ने ? जानी राखौं। #hypertension

Nam Raj Bhatta by Nam Raj Bhatta
May 18, 2023
in Disease
Reading Time: 1 min read
A A
0
Blood pressure awareness

Blood pressure awareness

611
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ जेठ २०८०

नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपाकंर प्रजापतिले समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरे उच्च रक्तचापले समस्या नल्याउने बताए । उनले उच्च रक्तचाप भएकाहरुले मुख्य गरी मुटु, मिर्गाैला, मधुमेह, कोलेस्ट्रोल र थाइराइडको अवस्थाका बारेमा समय-समयमा परीक्षण गरेर हेर्नुपर्ने बताए ।

उच्च रक्तचाप हुने खास कारण कसैलाई थाहा नहुने जानकारी दिँदै उनले भने, “उच्च रक्तचाप हुने धेरै कारण हुन्छन्, ९५ प्रतिशत मानिसमा उच्च रक्तचापको कारण थाहा हुँदैन ।” पाँच प्रतिशतमा बाहिरी कारण हुने जनाउँदै उहाँले मिर्गाैला, थाइराइडको रोग र इन्डोक्राइमसम्बन्धी रोग (हर्माेनको वृद्धि) का कारण उच्च रक्तचाप हुन सक्ने जानकारी दिए । उनले भने, “बाथ रोगमा उपयोग हुने स्टेरोइड भन्ने औषधि धेरै समयसम्म प्रयोग गरेपछि उच्च रक्तचाप हुन सक्छ ।”

दैनिक जीवनशैली र मोटोपनाका कारणले पनि उच्च रक्तचाप हुन सक्छ । यी सबैबाहेक केही नभएकालाई पनि उच्च रक्तचाप हुन सक्ने उनी बताउँछन् । वंशजका आधारमा पनि उच्च रक्तचाप हुनसक्ने डा. प्रजापतिको भनाइ छ । उनले भने, “उच्च रक्तचाप हुनु आफैँमा ठूलो कुरा होइन, अर्थात् रोग लाग्नु ठूलो कुरा होइन, रोग लागिसकेपछि उपचार र रोकथाम ठूलो कुरा हो ।”

रक्तचाप भनेको रगतका नली (रक्तनाली) मा चाप पर्ने हो । रक्तनली शरीरका सबै भागमा पुगेका हुन्छन् । त्यही भएर रक्तचापले शरीरका सबै भागमा असर गर्दछ । उनले भने, “मिर्गाैला फैलिएर गराउन सक्छ, दिमागमा स्टक गरेर प्यारालाइसिस गराउन सक्छ, हातखुट्टाका नसा बन्द भएर नसै काट्नुपर्ने समस्या आउन सक्छ ।”

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिने जनाउँदै विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोग निम्त्याउन सक्ने बताए ।

उनले भने, “विश्वमै उच्च रक्तचापको अवस्था बढिरहेको छ, पहिला १० प्रतिशत, २० प्रतिशत उच्च रक्तचापका बिरामी थिए, अहिले बढ्दै गएर एक सयमा ३६ प्रतिशतसम्ममा उच्च रक्तचाप देखिन थालेको छ”, उनले भने, “मुटुले रगत फ्याँक्ने क्रममा रक्तनलीको भित्तामा दबाब पर्छ, त्यो दबाबलाई खासमा रक्तचाप भनिन्छ, नलीमा बग्ने रगत उत्तिकै छ, तर नली विभिन्न कारणले साँघुरो हुन पुग्यो भने रगतले नलीलाई दिने चाप बढ्छ ।”

डा. लौडारीका अनुसार यसरी रक्तनलीमा बढेको चाप नै उच्च रक्तचाप (हाई बिपी) हो । त्यसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले अकालमै जीवन क्षति हुनसक्छ ।

उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, टाउको भारी हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, श्वास लिन कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने उनको भनाइ छ ।

वयस्क व्यक्ति हरेकले कम्तीमा पनि एक वर्षमा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउन डा. लडौरीले सुझाव दिए । यसो गरे भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिने जनाउँदै उनले उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्ने बताए । उनले, “यदि कसैको घरमा उच्च रक्तचापका बिरामी छन् भने उसको घरपरिवार झन् बढी सजक हुनुपर्छ, परिवारको सबैले समयसमयमा उच्च रक्तचाप जँचाउनुपर्छ ।”

Tags: Blood PressureCorona Virus #Covid19World hypertension Day
SummarizeShare255ScanTweet148

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    886 shares
    Share 354 Tweet 222
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    704 shares
    Share 313 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
  • डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त
  • नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ
  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.