काठमाडौं, १८ जेठ
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका र २ जनाको ज्यान गएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले जानकारी दिएका हुन् ।
संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन।
दैलेखका एक पुरुषको शनिबार र बाजुराकी २ वर्षकि बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।
आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ । जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन् । आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको थियो ।