धनगढी चैत्र १४, २०७६
उपत्यका बाहिर धनगढीमा पहिलो कोरोना संक्रमण तथा नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
उनी चैत्र ११ गतेे अस्पतालमा भर्ना भएका थिए। अहिलेे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनी दुबईबाट आएका ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए।
साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले उक्त जानकारी दिएको हो।