Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

क्यान्सर रोगमा रेडियोथेरापीको भूमिका

HNN Staff by HNN Staff
March 13, 2020
in Disease
Reading Time: 1 min read
A A
1
FB IMG 1584104572443
692
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.उज्जवल चालिसे,

क्यान्सर रोग मुख्यतः रेडियोथेरापी,सर्जरी र किमोथेरापीको माध्यमबाट बिरामीको उपचार गरिन्छ । विश्वमा लामो समयदेखि क्यान्सर रोगको उपचारमा रेडियोथेरापी प्रबिधिको प्रयोग, विकास र बिस्तार भईरहेको छ । क्यान्सर रोगको उपचारको लागि यो एक प्रभमवकारी बिधि हो । बिकिरण उर्जाको सुरक्षित प्रयोग गरि क्यान्सरका कोसिकाहरुलाई निष्क्रिय पार्ने प्रबिधि लाइ नै रेडियोथेरापी भनिन्छ । दुईतिहाई क्यान्सरका बिरामीलाई कुनै न कुनै बेला रेडियोथेरापी सेवाको आवश्यकता पर्दछ । तर,सर्वसुलभ नभएकाले सबै रोगीले यो सुबिधा समयमै लिन सकेका छैनन् ।

WHO विश्व स्वास्थ्य संगठनको प्रस्ताव अनुसारप्रति दश लाख जनसंख्याका लागि कम्तिमा एक लिन्याक Linac या Cobalt कोबाल्ट् मेसिनको उपलब्धता सुनिश्चित गरिनु पर्दछ । रेडियोथेरापीका प्रकारहरुमा External Radiotherapy: शरीरको बाहिरबाट रेडीयसन दिई गरिने उपचार बिधि र Internal Radiotherapy ( Brachytherapy): शरीरको भित्रि भागमा नै बिभिन्न औजारको प्रयोग गरि रेडियसन दिईने गरिन्छ । नेपालको सबैभन्दा पुरानो क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीका ति सम्पूर्ण सुबिधाहरु विगत दुई दशकअघिदेखि उपलब्ध छ ।

विगत सन् २०१८ को बर्षभरिमा ११९८ जना नयाँ बिरामीले External रेडियोथेरापी सेवा लिएका थिए भने करिब २०० जना नयाँ बिरामीले Brachytherapy सेवा लिएका थिए । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवाको विकास र बिस्तार गर्दै लैजाने क्रममा हालसालै रेडियोथेरापीको अत्याधुनिक लिनायक Clinac ix मेसिन आईपुगेको छ र उक्त मेसिनको जडान कार्य धमाधम भईरहेको छ । उक्त मेसिनबाट 3D-CRT,IMRT, IGRT जस्ता विश्वस्तरिय सेवाहरु बैशाख १ गतेदेखि सुरु भईरहेको छ ।

यी सेवाहरु सुरु भएलगत्तै बिरामीलाई भारत लगायत अन्य मुलुकमा उपचारको लागि धाईरहन नपर्ने भएको छ । यस अत्याधुनिक प्रबिधिबाट उपचार गर्दा सुक्ष्म रुपमा क्यान्सरका कोसिकाहरुलाई लक्षित गरि उपचार गरिन्छ । जसले गर्दा शरिरका स्वस्थ भागहरुलाई बिकिरणबाट कुनै असर नगर्ने तर क्यान्सरलाई भने जडैदेखि निर्मुल गर्न सकिन्छ । उक्त मेसिन बाहेक भारत सरकारबाट प्राप्त मेसिन पनि यस अस्पतालमा छिट्टै जडान कार्य हुन गईरहेकोले अब निम्न आय भएका र निम्न आर्थिक अबस्थाका बिरामीलाई ठुलो राहत पुग्नेछ । उक्त सेवा सुरु गर्नको लागि डाक्टर तथा अन्य प्राबिधिज्ञहरुलाई तालिमको लागि बेलायत,जापान र भारत लगायत मुलुकमा पठाईसकिएको छ ।

अन्य अस्पतालमा भन्दा यसमा दश गुणा कम खर्चमा उपचार गरिने हुँदा देशभरिबाट सर्बसाधारण बिरामी ठुलो मात्रामा उपचारको लागि आउने गरेका छन् । पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) , मुख, जिब्रो,घांटीको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर,फोक्सोको क्यान्सर,स्तन क्यान्सर,प्रोस्टेत क्यान्सर,ब्रेन ट्युमर लगायत क्यान्सर रोगको उपचारको लागि यो एक प्रभावकारी बिधि हो ।


✍️ डा.चालिसे भक्तपुर क्यान्सर अस्पतालको रेडिएसन अन्कोलोजि बिभागका प्रमुख हुन् ।

Tags: CancerRadiotherapyWHOWomen's Health
SummarizeShare340ScanTweet147

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
  • नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै
  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.