काठमाडौं चैत्र, ५
नेपालमा पाचौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ ।
नेपाल टेलिभिजन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले पाचौ संक्रमितको बारेमा जानकारी दिनुभएको हो । बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आउनुभएकी १९ वर्षकी महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँ उडान मार्फत आउनुभएको थियो ।
उहाँ उपत्यका बाहिर चिकित्सकको सम्पर्कमा रहनुभएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । संक्रमितको विवरण लिन सुरु भइसकेको छ देवकोटाले भन्नुभयो । यो संगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । २ जना संक्रमित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत हुनुन्छ भने १ जना धनगढीमा उपचाररत हुनुन्छ ।
नेपालमा पछिल्लो ६ दिनमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने हालसम्म संक्रमणको संख्या ५ पुगेको छ । नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका सबै विदेशबाट फर्किएकाहरु छन् ।
कोरोना संक्रमण भेटिएकोमा दुई जना दुबई ,एक फ्रान्स, एक बेल्जियम र एक चीनबाट आएकाहरुमा छन् । संक्रमित मध्ये चीनबाट आएका एक जना निको भएर २ महिना अगाडि नै घर फर्किसक्नुभएको छ ।