Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

HNN Staff by HNN Staff
April 28, 2025
in Articles
A A
0
Condom Nepalese Perspective

Condom Nepalese Perspective

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपाली समाज अलिकति होइन, धेरै हदसम्म ढोंगी छ। सुरक्षित यौन सम्बन्धका लागि बरदान बनेको कन्डमप्रति हाम्रो सामाजिक धारणा पनि त्यही ढोंगको उपज हो। खुलेर स्वीकार्न सकिने कुरा हो– कन्डमको सहज उपलब्धताले अविवाहित युवक–युवतीबीचको यौन सम्बन्धलाई सरल बनाएको छ। तर, हाम्रो समाज अझै पनि कन्डमलाई लाज, ढाकछोप र अनौठोपनको चश्माबाट हेर्छ।

विगतमा पनि जब उमेर पुगेका युवायुवतीबीच मन मिल्थ्यो, यौन सम्पर्क हुन्थ्यो। फरक यति मात्र थियो कि सुरक्षित साधनको अभावमा अनिच्छित गर्भ र यौन रोगको जोखिम बढी हुन्थ्यो। कन्डमको आविष्कारले यो जोखिमलाई नियन्त्रणमा ल्याउन सफल भएको छ। कन्डम आज गर्भनिरोधक मात्र नभई एचआईभी/एड्स लगायतका यौनजन्य रोगहरूबाट जोगाउने प्रभावकारी साधन बनेको छ।

आजको दिनमा पुरुष र महिला दुवैले प्रयोग गर्न मिल्ने थुप्रै ब्रान्डका कन्डम बजारमा उपलब्ध छन्। तर, यौन सम्बन्धमा अझै पनि पुरुषको अग्रसरता हावी भएकाले महिलाले प्रयोग गर्ने कन्डमको खपत न्यून देखिन्छ। पुरुष प्रयोग गर्ने कन्डम त नि:शुल्क पनि पाइन्छ, जुन जनस्वास्थ्य प्रवर्द्धनका हिसाबले सकारात्मक भए पनि सामाजिक लैङ्गिक असमानताको प्रतिबिम्ब पनि हो।

समयसँगै किशोरकिशोरीहरूको जीवनशैलीमा परिवर्तन आएको छ। स्कुल–कलेजका वालेट र पर्समा कन्डम भेटिनु सामान्य भइसकेको छ। किशोरहरूका ओंठमा जुँगा र किशोरीहरूका फरिया छोटिँदै गर्दा कन्डम पनि उनीहरूका साथी बन्न थालेका छन्। विद्यालयका ट्वाइलेट र फोहोरको कन्टेनरमा प्रशस्तै कन्डम भेटिनु यसकै संकेत हो।

देशको राजधानी काठमाडौंका बानेश्वर, बिजुलीबजार, अनामनगर, माइतीघर र सुन्धराका फार्मेसीहरूमा कन्डमको खपतको पछिल्लो अवस्था सामाजिक सञ्जालमा भाइरल बनेको छ। वास्तविकता के भन्छ त?

बानेश्वरको एउटा फार्मेसीमा अघिल्लो महिना भन्दा अहिले कन्डमको खपत बढेको पाइयो — दैनिक ५ भन्दा बढी प्याकेट बिक्री। यहाँ ‘कामशुत्र’ ब्रान्डको कन्डम बढी बिक्री भएको छ। अर्को फार्मेसीमा पनि क्रिएटिभ ‘ढाल प्यान्चर’ कन्डमको माग उच्च छ, दिनमा ६-७ प्याकेटसम्म बिक्री हुने गरेको छ।

माइतीघरको एक फार्मेसीमा त दिनहुँ १० प्याकेटसम्म कन्डम बिक्री हुने गरेको छ, ‘कामशुत्र’ मुख्य रोजाइमा परेको छ। अनामनगरतर्फ भने बिक्री स्थिर देखिएको छ, तर आन्दोलनका समयमा केही दिन २ देखि ४ प्याकेटले बिक्री बढेको पाइयो। सुन्धरामा भने कन्डमको माग उल्लेखनीय रूपमा बढेको छ — अघिल्लो महिनामा १० प्याकेट बिक्री हुने गरेकोमा अहिले २५ प्याकेट बिक्री भइरहेको रिपोर्ट छ।

यसरी बजारमा कन्डमको खपत घटेको भन्ने खबरहरू हल्ला मात्रै भएको स्पष्ट देखिन्छ। फार्मेसी सञ्चालकहरू नै भन्छन्– कन्डमको माग स्थिर छ, कतै बढेको छ, कम भएको होइन।

त्यसैले अब समय आएको छ — हामीले कन्डमलाई गलत दृष्टिकोणबाट हेर्न छोड्नुपर्छ। सुरक्षित यौन व्यवहारलाई लाजको होइन, समझदारी र जिम्मेवारीको विषय ठान्नुपर्छ। कन्डम प्रयोगलाई सामाजिक सन्दर्भमा खुला रूपमा स्वीकार्न सकिए मात्र हामी असली आधुनिकताको बाटोमा अघि बढ्न सक्छौं।

[तयार पार्ने: अनुप अधिकारी र नमराज भट्ट ]

Tags: Condomfamily Planning
Nisarga hospital Dhangadhi
Previous Post

१२ बुँदे मागसहित फार्मेसी पेशामा आवद्ध भएकाहरू पनि सडकमा ओर्लिदै

Next Post

निजीका आवासीय चिकित्सकले निर्णय भएकै मितिदेखि निर्वाह भत्ता पाउने, आन्दोलन फिर्ता

Related articles

Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

3 weeks ago
807
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

3 weeks ago
808
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

1 month ago
816
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

1 month ago
910
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

3 months ago
880
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

5 months ago
802
Next Post
निजीका आवासीय चिकित्सकले निर्णय भएकै मितिदेखि निर्वाह भत्ता पाउने, आन्दोलन फिर्ता

निजीका आवासीय चिकित्सकले निर्णय भएकै मितिदेखि निर्वाह भत्ता पाउने, आन्दोलन फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,076)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.