Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

HNN Staff by HNN Staff
April 28, 2025
in Articles
Reading Time: 1 min read
A A
0
Condom Nepalese Perspective

Condom Nepalese Perspective

588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपाली समाज अलिकति होइन, धेरै हदसम्म ढोंगी छ। सुरक्षित यौन सम्बन्धका लागि बरदान बनेको कन्डमप्रति हाम्रो सामाजिक धारणा पनि त्यही ढोंगको उपज हो। खुलेर स्वीकार्न सकिने कुरा हो– कन्डमको सहज उपलब्धताले अविवाहित युवक–युवतीबीचको यौन सम्बन्धलाई सरल बनाएको छ। तर, हाम्रो समाज अझै पनि कन्डमलाई लाज, ढाकछोप र अनौठोपनको चश्माबाट हेर्छ।

विगतमा पनि जब उमेर पुगेका युवायुवतीबीच मन मिल्थ्यो, यौन सम्पर्क हुन्थ्यो। फरक यति मात्र थियो कि सुरक्षित साधनको अभावमा अनिच्छित गर्भ र यौन रोगको जोखिम बढी हुन्थ्यो। कन्डमको आविष्कारले यो जोखिमलाई नियन्त्रणमा ल्याउन सफल भएको छ। कन्डम आज गर्भनिरोधक मात्र नभई एचआईभी/एड्स लगायतका यौनजन्य रोगहरूबाट जोगाउने प्रभावकारी साधन बनेको छ।

आजको दिनमा पुरुष र महिला दुवैले प्रयोग गर्न मिल्ने थुप्रै ब्रान्डका कन्डम बजारमा उपलब्ध छन्। तर, यौन सम्बन्धमा अझै पनि पुरुषको अग्रसरता हावी भएकाले महिलाले प्रयोग गर्ने कन्डमको खपत न्यून देखिन्छ। पुरुष प्रयोग गर्ने कन्डम त नि:शुल्क पनि पाइन्छ, जुन जनस्वास्थ्य प्रवर्द्धनका हिसाबले सकारात्मक भए पनि सामाजिक लैङ्गिक असमानताको प्रतिबिम्ब पनि हो।

समयसँगै किशोरकिशोरीहरूको जीवनशैलीमा परिवर्तन आएको छ। स्कुल–कलेजका वालेट र पर्समा कन्डम भेटिनु सामान्य भइसकेको छ। किशोरहरूका ओंठमा जुँगा र किशोरीहरूका फरिया छोटिँदै गर्दा कन्डम पनि उनीहरूका साथी बन्न थालेका छन्। विद्यालयका ट्वाइलेट र फोहोरको कन्टेनरमा प्रशस्तै कन्डम भेटिनु यसकै संकेत हो।

देशको राजधानी काठमाडौंका बानेश्वर, बिजुलीबजार, अनामनगर, माइतीघर र सुन्धराका फार्मेसीहरूमा कन्डमको खपतको पछिल्लो अवस्था सामाजिक सञ्जालमा भाइरल बनेको छ। वास्तविकता के भन्छ त?

बानेश्वरको एउटा फार्मेसीमा अघिल्लो महिना भन्दा अहिले कन्डमको खपत बढेको पाइयो — दैनिक ५ भन्दा बढी प्याकेट बिक्री। यहाँ ‘कामशुत्र’ ब्रान्डको कन्डम बढी बिक्री भएको छ। अर्को फार्मेसीमा पनि क्रिएटिभ ‘ढाल प्यान्चर’ कन्डमको माग उच्च छ, दिनमा ६-७ प्याकेटसम्म बिक्री हुने गरेको छ।

माइतीघरको एक फार्मेसीमा त दिनहुँ १० प्याकेटसम्म कन्डम बिक्री हुने गरेको छ, ‘कामशुत्र’ मुख्य रोजाइमा परेको छ। अनामनगरतर्फ भने बिक्री स्थिर देखिएको छ, तर आन्दोलनका समयमा केही दिन २ देखि ४ प्याकेटले बिक्री बढेको पाइयो। सुन्धरामा भने कन्डमको माग उल्लेखनीय रूपमा बढेको छ — अघिल्लो महिनामा १० प्याकेट बिक्री हुने गरेकोमा अहिले २५ प्याकेट बिक्री भइरहेको रिपोर्ट छ।

यसरी बजारमा कन्डमको खपत घटेको भन्ने खबरहरू हल्ला मात्रै भएको स्पष्ट देखिन्छ। फार्मेसी सञ्चालकहरू नै भन्छन्– कन्डमको माग स्थिर छ, कतै बढेको छ, कम भएको होइन।

त्यसैले अब समय आएको छ — हामीले कन्डमलाई गलत दृष्टिकोणबाट हेर्न छोड्नुपर्छ। सुरक्षित यौन व्यवहारलाई लाजको होइन, समझदारी र जिम्मेवारीको विषय ठान्नुपर्छ। कन्डम प्रयोगलाई सामाजिक सन्दर्भमा खुला रूपमा स्वीकार्न सकिए मात्र हामी असली आधुनिकताको बाटोमा अघि बढ्न सक्छौं।

[तयार पार्ने: अनुप अधिकारी र नमराज भट्ट ]

Tags: Condomfamily Planning
SummarizeShare235ScanTweet147

Related articles

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.