आज मिति : २०८२ माघ २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कर्णालीबासीकै रोजाईमा पर्न सफल भएका डा. बिष्ट

Nam Raj Bhatta by Nam Raj Bhatta
October 5, 2024
in Articles
A A
0
कर्णालीबासीकै रोजाईमा पर्न सफल भएका डा. बिष्ट
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपालको साँस्कृतिक सम्पदाले धनी तर भौगोलिक विकटता भएको कर्णाली प्रदेशको कालिकोट जिल्लामा जन्मनु भएका डा. किशोर कुमार बिष्टको सानैदेखि डाक्टर बन्ने सपना थियो।

कालिकोट जिल्लामै आफ्नो स्कुल लेभलको अध्ययन सकिएर एसएलसीमा जिल्ला प्रथम उत्तीर्ण गरी चिकित्सक पढ्ने इच्छालाई पछ्याउँदै आफ्नो शैक्षिक यात्रा पूरा गर्नको लागि काठमाडौं पुगेर उच्च शिक्षा हासिल गर्नु भयो। टेन प्लस टु उत्तीर्ण गरिसकेपछिको मुख्य बाटो आफ्नो सानैदेखिको तीव्र चाहनालाई पछ्याउँदै चिकित्सक बन्ने सपनाको साकार पार्नको निमित्त दिनरात कडा परिश्रम र मेहनत गर्दै अगाडि बढ्दै जानुभयो ।

आफ्नो नियमित मिहेनत कडा परिश्रमी र लगनशीलताले गर्दा नेपाल सरकार शिक्षा मन्त्रालय द्वारा लिईने एमबीबीएस छात्रवृत्तिमा नाम निकाल्न सफल भइ आफ्नो चिकित्सकीय शिक्षाको ढोका उगार्नुभयो । नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट एमबिबिएस उत्कृष्ट अंकमा उत्तीर्ण गरी डाक्टर बन्नुभयो डा. किशोर कुमार बिष्ट।

गरिब दिनदुखी, आफ्नो जन्मभूमि, कर्मथलो र समाजलाई कहिल्यै नभुल्ने किशोर डाक्टर बनिसकेपछि आफ्नो सेवाका लागि आफ्नो जन्मभूमि तर्फ फर्किनुभयो। सेवाभावले ओतप्रोत भई सदैव अरुको हितको लागि आफूले गर्ने सेवामा कहिले नहिच्किचाईकन पनि दिनरात बिरामीको सेवामा लागिपर्ने डा. बिष्ट तत्कालीन क्षेत्रीय अस्पताल हाल प्रदेश अस्पताल सुर्खेतमा सेवा पुर्‍याउँदै आउनु भयो।

डा. किशोरले सोही बखत देखि नै समाजमा सकारात्मक छाप पारिरहनु भएको थियो। उहाँले त्यसपछि कालिकोट जिल्ला अस्पतालमा एक वर्ष चिकित्सकीय सेवा प्रदान गर्नुभयो। सेवा अवधीमै रहीरहदा लोकसेवा परीक्षामा उत्तीर्ण भइ स्थायी चिकित्सकमा नियुक्त हुनुभयो र आफ्नो कर्णाली प्रदेशमै फेरि फर्किनुभयो । उहाँले मेहलकुना अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा कामकाज थालनी गर्नुभयो ।

चिकित्सकीय सेवामा सधैं आफूलाई सकारात्मक सोच राखी सदैव आफ्नो वरिपरि समाजको उन्नतिको लागि खटिरहने डा. किशोर सकारात्मक परिवर्तनको ऊर्जा लिएर मेहलकुना अस्पतालमा जानुभएको थियो र उहाँले आफ्नो कार्यकालमा थुप्रै सकारात्मक परिवर्तनहरू गर्न एउटा कुशल नेतृत्व निर्वाह गरेर मेहलकुनाबासीको लागि नमुना अस्पताल बनाउन सफल भई मध्यपश्चिम क्षेत्रमै पहिलोपटक रेबिज जस्तो प्राणघात रोगको विरुद्धको लागि चाहिने इम्युनोग्लोबुलिन सेवा सुरु गर्नुभयो ।

यसका साथसाथै बिरामीहरूको रोगको डायग्नोसिसका लागि चाहिने एक्सरे, भिडियो एक्सरे लगायतका सेवाहरू थपगर्दै लैजानुभयो। मृत्यु पश्चात् पनि संघर्ष गरिरहेका मृतकका आफन्त जनहरुलाई सहज बनाउनका निमित्त पहिलोपटक पोस्टमार्टमको सेवा सुरु गर्नुभयो ।

चिकित्सकीय अध्ययन निरन्तर अघि बढिरहने हुनाले उहाँले मेडिकल अधिकृतमा मात्रै सीमित नभएर उच्च शिक्षा हासिल गरेर अझै दक्ष विशेषज्ञ चिकित्सक भएर बिरामीको सेवा गर्नको लागि अगाडि बढ्नुभयो । फेरि पनि कडा प्रतिस्पर्धात्मक एमएस परीक्षाको छात्रवृत्तिमा नाम निकाल्न सफल भई हाडजोर्नी विशेषज्ञ पढ्नका निमित्त राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा अध्ययन शुरु गर्नुभयो। एम एस अर्थोपेडिक सर्जनको विशेषज्ञता हासिल गरी डा. किशोर फेरी कर्णाली बासीकै जनताको निमित्त सेवा गर्छु भनेर जन्मभूमिमै फर्किनुभयो ।

अर्थोपेडिक सर्जनको रूपमा उहाँले दिनरात कर्णाली प्रदेशको भौगोलिक विकटताले छटपटाएका हरेक दिन चोटपटक लाग्ने, कोही भिरबाट लड्ने, कोही घाँस दाउरा काट्दाखेरि लड्ने जस्ता किसिमका कहाली लाग्दा चोटहरूको उपचार गर्ने उहाँको सपना साकार हुँदै गयो। जस्तोसुकै बिरामीको लागि पनि समान व्यवहार गर्ने, समान उपचार गरी आफुलाई सबै बर्गका बिरामीको डाक्टरको रुपमा स्थापित गर्न सफल हुनुभयो। हाल डा. बिष्ट प्रदेश अस्पताल सुर्खेतमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ रुपमा कार्यरत हुनुहुन्छ।

डा. बिष्टले आफ्नो शालिनता, धैर्यता र दक्षतालाई ध्यानमा राखी उचित परामर्शको साथमा ज्ञान, सीपला प्रयोग गर्दै बिरामीहरुको उपचार गरेर कर्णालीकै रोजाइमा पर्न सफल हुनुभएको छ।

Tags: #karnali academy for health scienceDr. Kishor Bista
Previous Post

महाकाली अस्पतालले फोहरबाट आम्दानी गर्दै

Next Post

आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँची लुम्बिनी प्रदेशमै उत्कृष्ट

Related articles

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?
Articles

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

5 days ago
1.6k
“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”
Articles

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

2 weeks ago
1.6k
Antibiotics-care-children-dr-sandeep-kc
Articles

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

2 weeks ago
1.6k
NHPC Act 2053 Amendment Suraj Sah
Articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

4 weeks ago
1.6k
ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

2 months ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

4 months ago
1.6k
Next Post
आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँची लुम्बिनी प्रदेशमै उत्कृष्ट

आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँची लुम्बिनी प्रदेशमै उत्कृष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,432)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.