Magnus pharma
आज: २०८२ चैत्र १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मुटुलाई नरोकी चलिरहेकै अवस्थामा पूर्ण बाइपास सर्जरी गर्न सुरु गरेका छौं। डा. विश्व पोखरेल

Nam Raj Bhatta by Nam Raj Bhatta
November 28, 2024
in Articles
Reading Time: 2 mins read
A A
0
मुटुलाई नरोकी चलिरहेकै अवस्थामा पूर्ण बाइपास सर्जरी गर्न सुरु गरेका छौं। डा. विश्व पोखरेल
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १३ मंसिर २०८१

गङ्गालाल अस्पतालमा मुटुलाई नरोकी गरिने पूर्ण बाइपास सर्जरी (complete revascularization) सुरु गरेका छ। यसलाई OFF PUMP CABG वा BEATING HEART CABG भनिन्छ।

मुटुका सम्पूर्ण नलीहरूको वाइपास गर्न थालेका छौं। २ देखि ५ वटा सम्म ग्राफ्ट हालिरहेका छौं, जुन नेपालमा पहिलोपटक सुरुआत हो।

गंगालाल अस्पतालका कार्डियक सर्जन डा. विश्व पोखरेलसँग हेल्थ न्युज नेपाल डटकमका सम्पादक नम राज भट्टले गरेको कुराकानीका आधारमा।

* मुटुलाई नरोकी गरिने बाइपास सर्जरी भनेको के हो ?

# मुटुका रक्तनलीहरु बन्द भएर हार्ट एट्याक भइसकेपछि वा हुनुभन्दा अगाबै शल्यक्रिया गरेर उपचार गर्ने पद्धतिलाई (CABG ) बाइपास सर्जरी भनिन्छ। साधारणतया मुटुलाई Heart-Lung Machine मा जोडेर मुटुलाई रोकी त्यसमाथि शल्यक्रिया गरिन्छ। खुट्टा र छातीभित्र बाट रक्तनली का टुक्राहरू निकालेर मुटुमा लगेर सिलाई गरिन्छ।
– तर हामीले सुरु गरेको यो पद्धतिमा मुटु रोकिँदैन। ठूला मेसिनको प्रयोग हुँदैन र साइड इफेक्टलाई कम गरेर सफल सर्जरी गर्न सकिन्छ।

* के यो नयाँ प्रविधि वा पद्धति हो?

# मुटुलाई बन्द गराउन धेरै औषधि दिनुपर्छ र मुटुको काम मेसिनले गराउदा बिरामीलाई प्रत्यक्ष असर परेको हुन्छ । चलिरहेको मुटुमा सोहि सर्जरी गर्न सकेमा बिरामीलाई फाइदा हुन्छ भन्ने धारणाले बिदेशमा धेरै पहिले यस्तो सर्जरी सुरु भएको हो।

अहिले भारतमा ९५% भन्दा धेरै सर्जरी यसै पद्दतिबाट हुन्छ। नेपालमा भने कहिलेकाहीँ एउटा मात्र नली जोड्नु पर्दा यस्तो सर्जरी गर्ने गर्दथ्यौ । तर अहिले आएर सबै बिरामीलाई पूर्ण रुपमा बाइपास गरिराखेका छौं । आजकल नियमित १ देखी २ जनाको यस्तो सर्जरी गर्ने गर्छौ।

* यो पद्धतिबाट उपचार गर्नुको फाइदा के छ?

  •  पुरानो तरिकाको पद्धतिभन्दा खर्च झन्डै आधा हुन्छ ।
  • अस्पतालको बसाइ छोटो हुन्छ ।
  • यो पद्धतिबाट सर्जरी गर्दा सबै बिरामीलाई फाइदा छ, तर बिशेष गरी मुटु कमजोर भएका, लेफ्ट मेन डिजिज, मुख्य धमनीमा समस्या भएका, बृद्ध उमेर, कलेजोका रोगी, मस्तिष्कघात भएका, मृगौला खराब भएका, दमरोगी र भर्खर मात्र हर्ट ट्याक भएका बिरामीलाई यो पद्धतिबाट सर्जरी गर्दा प्रत्यक्ष फाइदा हुन्छ।
  • विश्वभरको अनुसन्धान अनुसार, यस सर्जरी पछीको परिणाम उत्तिकै फाइदाजनक छ ।

* यति धेरै फाइदा हुन्थ्यो भने पहिले किन गर्नु भएन ?

  • यो पद्धतिबाट सर्जरी गर्न निकै कठिन मानिन्छ । यसमा डाक्टरको सीप र सिद्धताको धेरै ठुलो महत्व हुन्छ ।
  • चलिरहेको मुटुमा कपाल जत्रो मसिनो धागोले साना साना नलीलाई जोड्नु आफैमा मुस्किल काम हो।
  • तालिम अवधि धेरै लामो छ।
  • विदेशमा पनि कम्तिमा ७५ जनाको मुटु रोकेर बाइपास सर्जरी गरेपछि मात्र यो सर्जरी गर्ने अनुमती दिइन्छ ।
  • म आफैले पनि १००० जना भन्दा धेरै बिरामीमा बाइपास गरिसकेर, म तयार छु भन्ने लागेपछी मात्र यो पद्धति सुरु गरेको हो ।

* अहिले आएर तपाईँले सुरु गर्नुको कारण के हो?

# यही सर्जरी गराउन बर्षेनी हजारौं बिरामी भारत जान्छन्।
देशको आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै गरिबीको कारणले उपचार नपाएर वा माथि उल्लेखित जटिल रोगहरु लागेका बिरामीलाई वा पैसा नपुगेर कसैको हर्ट एट्याकले ज्यान जानु हुन्न। अब पनि नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्छ भन्ने खालका सोचहरुले पनि सुरु गराएको हो ।

* यो सर्जरी गर्दाको कठिनाइहरू के के छन्?

  •  नयाँ काम जे गर्दा पनि गार्हो हुन्छ ।
  • असल उपकरण र दक्ष जनशक्तिको भूमिका ठुलो छ ।
  • एनेस्थेसीया दिने डाक्टरहरुको पनि ठुलो भूमिका रहन्छ । यसमा विशेष गरी डा. आशिष अमात्यको टोलीले धेरै ठुलो जिम्मेवारी लिनु भएको छ । उहाँहरुको पूर्ण भूमिकाले गर्दा हामी काम गर्न सफल भएका हौँ।

* यो सर्जरी सुरु गरेपछिको परिणाम कस्तो छ?

# कुनै पनि विकसित देशहरु तथा भारतको परिणाम जस्तै छ । बिरामीहरुलाई फाइदा पुगेको छ । माथि उल्लेखित जटिल रोग लागेकोलाई पनि सजिलै उपचार गरेर घर पठाउन सकेका छौं ।

* अन्त्यमा सर्वसाधारणलाई के सन्देश दिन चाहनुहुन्छ?

मुटुका रक्तनलीहरु बन्द भएर हार्ट एट्याक भइसकेपछि वा हुनुभन्दा अगावै जाली हालेर क्याथ ल्याबमा उपचार गर्ने गरिन्छ । तर सबैलाई यो बिधीबाट उपचार गर्न मिल्दैन वा सकिदैन । त्यस्ता बिरामीलाई हामी बाइपास सर्जरी गर्ने गर्छौं । तर सबै हर्ट ट्याक रोगलाई पनि बाइपास वा जाली हाल्नु पर्दैन । कोहीलाई त औषधि मात्र दिएर पनि घर पठाउन मिल्छ ।

यस्तो अवस्था आएमा मुटु रोकेर वा अब देखी नरोकिकन पनि बाइपास सर्जरी गर्न सकिन्छ । एकपटक हामीलाई गङ्गालाल अस्पतालमा देखाउनु होला, सल्लाह लिनुहोला । सरकारी सुबिधा सहित हामी काम गर्नेछौं र बिदेश धाउनु पर्ने जरुरी छैन ।

Tags: complete revascularizationDr. Bishwo PokharelHeart AttackShahid Gangalal National Heart Center
SummarizeShare235ScanTweet147

Related articles

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.