Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

लाजिम्पाटमा अत्याधुनिक सुविधा सहितको हस्पिटल सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७८ फाल्गुन १९, बिहीबार १०:४६
in Health, News
Reading Time: 1 min read
A A
0
Shreedhi International hospital

Shreedhi International hospital

638
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ फागुन २०७८

काठमाडौंको लाजिम्पाट स्थित अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सेवा सुविधा सहितको श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ ।

यो हस्पिटल विशेष गरी ट्राभल इन्स्योरेन्ससहित नेपाल घुम्न आएका पर्यटकको स्वास्थ्य सेवा तथा उपचारलाई प्राथमिकतामा राख्दै हस्पिटल सञ्चालनमा ल्याइएको हो ।

ट्राभलिङ मेडिसिनलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउन हस्पिटल सञ्चालनमा ल्याइएको संस्थापक अध्यक्ष एवं प्रवन्ध निर्देशक डा. गिर्वाणराज तिमिल्सिनाले जानकारी दिए । ‘नेपाल आउने पर्यटकहरु ट्राभलिङ इन्स्योरेन्स गरेका हुन्छन् । उनीहरु बिरामी हुँदा व्यवस्थित उपचार पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘एउटै छाना मुनी सम्पूर्ण उपचार सेवा हामी प्रदान गर्नेछौं ।’

डा. तिमिल्सिनाले यस अगाडि पनि यस्तै खालको हस्पिटल काठमाडौंको सोह्रखुट्टे र एभरेष्ट बेसक्याम्प नजिक सञ्चालन गरिसकेका छन् । यसैलाई मध्यनजर गरी अझै अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालन गरी उपचार दिन यो अस्पताल सञ्चालनमा आएको हो ।

Shreedhi International hospital Lazimpat
Shreedhi International hospital Lazimpat

श्रीद्धि इन्टरनेशनल हस्पिटल २५ बेड क्षमताको छ । हस्पिटलमा २४सैं घन्टा सुविधासम्पन्न इमर्जेन्सी सेवा, आइसियु, एचडियु, कम्प्युटराइज एक्स–रे, फार्मेसी एवं डिलक्स बेड लगायतका सुविधाहरु छन् । हरियाली तथा शान्त वातावरणमा सञ्चालित हस्पिटलमा आफ्नै क्याफ्टेरिया तथा प्रयाप्त पार्किङको सुविधा पनि उपलब्ध छ । सबै प्रकारका रोगको उपचार परीक्षण तथा उपचारका लागि अस्पतालमा ‘वेलनेस’ विभागसमेत स्थापना गरिएको छ ।

‘विदेशी पर्यटकसँगै अत्याधुनिक तथा राम्रो सुविधामा उपचार चाहने नेपालीले पनि यस हस्पिटलबाट सेवा लिन सक्नुहुनेछ,’ तिमिल्सिनाले भने । हस्पिटलमा २४सै घन्टा आकस्मिक चिकित्सालय सेवा सहित सम्पूर्ण रोगका कन्स्ल्टेन्टबाट विशेषज्ञ सेवा प्रदान हुने उनले जानकारी दिए । ‘सबै प्रकारका हेल्थ इन्सुरेन्सबाट भुक्तानी लिने व्यवस्था अस्पतालले गरेको छ,’ उनले भने ।

कोरोनाले सिथिल भएको पर्यटन क्षेत्रका लागि पनि यस्ता प्रकारका हस्पिटलको आवश्यकता महसुस गरी आफूले लगानी गरेको उनले जानकारी दिए । हस्पिटलमा करिब ७० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । पोखरा, चितवनसहित अन्य पर्यटकीय क्षेत्रमा यस्तै प्रकारका हस्पिटल सञ्चालनमा ल्याउने आफ्नो आगामी योजना रहेको डा. तिमिल्सिनाले जानकारी दिनुभयो ।

Tags: Corona Virus #Covid19Dr. Girwanraj TimilsenaShreedhi International hospital Lazimpat
SummarizeShare287ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०७८ फाल्गुन १९, बिहीबार १०:४६
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०७८ फाल्गुन १९, बिहीबार १०:४६
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०७८ फाल्गुन १९, बिहीबार १०:४६
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
२०७८ फाल्गुन १९, बिहीबार १०:४६
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.