काठमाडौं, १ बैशाख २०८१
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सूचना अधिकारी चन्द्रभुषण यादव एनएचआरसी बेष्ट परफर्म अवार्ड बाट सम्मानित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा विभिन्न दश वटा विधामा अवार्ड प्रदान गरिएको छ। चैत्र २८ गते देखि तीन दिनसम्म चलेको सम्मेलन शुक्रबार सम्पन्न भएको हो।
समापन कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, परिषदका कार्यकारी प्रमुख सदस्य सचिब डा. प्रमोद जोशी र सदस्य परिषद्का अध्यक्ष प्राडा. गेहनाथ बरालले अवार्ड प्रदान गरेका हुन्।
सम्मेलनमा वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड पोष्टर तर्फ प्रतिक्षा पौडेलले पाएकी छिन्। वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड ओरल तर्फको किरण आचार्यले पाएका छन्।
जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड २०२३ गंगा जिसीले पाएकी छिन् भने मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक) डा. गम्भीर श्रेष्ठले पाएका छन्।
यस्तैगरी मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) तर्फ प्रदीप बेल्बासेले पाएका छन्।
यस्तै, योङ हेल्थ रिसर्च अवार्डमा सुनील श्रेष्ठले, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४ डा. आलोक आत्रेय, एचएचआरसी वेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यु इभ्यालुसन एण्ड मोनिटरिङ सेक्सनले पाएको छ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड भने डा. मृगेन्द्रराज पाण्डेलाई प्रदान गरिएको छ।