आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको राष्ट्रिय शिखर सम्मेलन चैत्र २८ देखि ३० सम्म

Nam Raj Bhatta by Nam Raj Bhatta
April 8, 2024
in Research & Study
A A
0
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको राष्ट्रिय शिखर सम्मेलन चैत्र २८ देखि ३० सम्म
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २६ चैत्र २०८०

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को १० औं राष्ट्रिय शिखर सम्मेलन चैत्र २८ बुधबार देखि शुरु भएर ३० गते सप्पन्न हुने भएको छ ।

“दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन”भन्ने नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौंको बौद्धस्थित होटल ह्यात रिसिडेन्सीमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १० औं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्वारा सम्बोधन गर्ने उद्देश्यले हरेकवर्ष परिषद्‌ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको परिषदका कार्यकारी प्रमुख (सदस्य सचिब) डा. प्रमोद जोशीले बताउनु भयो।

डा. जोशीका अनुसार सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवर्द्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू छलफल गर्न अनुसन्धानकर्ताहरू, स्वास्थ्य तथा जनसंख्याका साझेदारहरू, शिक्षाविद्हरू, चिकित्सकहरू र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउने सम्मेलनको उदेश्य रहेको छ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने र सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफल समेत हुने डा. जोशीले बताए।

नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेधनाथ धिमालले बताउनुभयो।

डा. धिमालका अनुसार सम्मेलनमा विभिन्न १० वटा विधामा अवार्डहरू प्रदान गरिने छ ।  प्रस्तुत भएका उतकृष्ट मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरु मध्येबाट एक एक जनालाई अवार्ड प्रदान गरिनेछ।

त्यस्तैगरी अन्य विधाहरुमा स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकहरुलाई मात्र), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारीलाई मात्र), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको १ जना अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट पुरस्कार बाट सम्मानित गरिनेछ। साथै परिषद्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेस्ट प्रफर्मेन्स अवार्ड पनि प्रदान गरिनेछ।

परिषदका कार्यकारी प्रमुख डा. जोशीले जर्नलमा एक वर्ष भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई Journal of Nepal Health Research Council (JNHRC) Award -२०२३ प्रदान गरिने बताए । यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल दृष्ट ओरेशन अवार्ड समेत प्रदान गरिने छ।

Tags: #Health and population ministryDr. Meghnath DhimalDr.pramod joshiNepal Health Research Council
Nisarga hospital Dhangadhi
Previous Post

People’s Health Movement को पाचौं विश्व सम्मेलन Argentina ko Mar del Plata शहरमा सुभारम्भ

Next Post

नेपाल नेत्र ज्योति संघको अध्यक्षमा पुनः प्राडा. चेतराज पन्त

Related articles

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
Research & Study

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

2 months ago
1.1k
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
Research & Study

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

6 months ago
802
स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
Research & Study

स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

6 months ago
828
सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery
Research & Study

सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery

7 months ago
1.1k
नेपाल फार्मेसी काउन्सिलको भूमिका
Research & Study

नेपाल फार्मेसी काउन्सिलको भूमिका

8 months ago
884
rashtriya anusandhan
Research & Study

एनएचआरसी बेष्ट परफर्म अवार्ड बाट चन्द्रभुषण यादव सम्मानित

1 year ago
924
Next Post
नेपाल नेत्र ज्योति संघको अध्यक्षमा पुनः प्राडा. चेतराज पन्त

नेपाल नेत्र ज्योति संघको अध्यक्षमा पुनः प्राडा. चेतराज पन्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,012)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.