चैत्र ०८,२०७७ ( मार्च २०,२०२१) – विश्व मुख स्वास्थ्य दिवस “आफ्नो मुखको गर्व गर्नुस” भन्ने मुल नाराका साथ विश्वभर मुख स्वास्थ्यको जनचेतनामूलक कार्यक्रमहरु भए सँगै यस काठमाण्डौँ विश्वविद्यालय , धुलिखेल अस्पताल दन्त विभाग द्धारा सो दिवसको अवसरमा विभिन्न स्थानहरुमा जनचेलनामुलक कार्यक्रम, दन्त परिक्षण र प्रारम्भिक उपचार गर्ने कायहरु सञ्चालन गरिएको थियो ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा एक दिवसिय जनचेतनामुलक कार्यक्रम र दन्त शिविर यस जिल्लाका तथा आसपासका वरपरका ५ स्थानहरु पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाल, सन्जिवनी मा.वि. धुलिखेल, कोपिला अनाथाश्रम, हरिसिद्धि ललितपुर र परिवर्तनशिल महिला समूह गीता मन्दिर प्राङ्खण तथा साहारा अनाथाश्राम धुलिखेलमा सञ्चालन गरिएको थियो । जस बाट ९०० भन्दा वढिले प्रत्यक्ष लाभ उठाएका थिए ।
“गरिव तथा असहायका लागि गुणस्तरिय सेवा” र “सबैको लागि गुणस्तरिय स्वास्थ्य सेवा” नाराको उद्धेश्यका साथ सुरु गरिएको यस धुलिखेल अस्पतालको कार्यलाई निरन्तरता स्वरुप उक्त दिन निःशुल्क दन्त सेवा, विशेषगरी मुख स्वास्थ्यको रोगहरुबारे चेतना तथा यसका रोकथाम गर्ने उपाए बारे परामर्श गर्ने र निःशुल्क ब्रस, मञ्जन, साबुन, किताब र औषधीहरु वितरण गरिनुका साथै हात धुने कार्यक्रम पनि गरियो ।
यस कार्यक्रम Rotract club of KUMS, दन्त विभागका तेस्रो, चौथौ वर्षका विद्यार्थी, इन्टर्न, डाक्टरहरुको तथा विशेषज्ञहरुको सहभागितामा सो दन्त शिविर तथा मुख स्वास्थ्य सम्बन्धि कार्यक्रम सम्पन्न गरियो ।
डा. दिलिप प्रजापती,
दन्त विभाग, धुलिखेल अस्पताल ।