काठमाडौं, १९ बैशाख २०८२
सरकारको नीति तथा कार्यक्रमले हरेक वर्ष फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिनाका रूपमा घोषणा गरिने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेले संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो ।
हरेक वर्षको फागुन महिनालाई नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरी विभिन्न कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षको फागुन महिनालाई पनि नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरिएको थियो ।
यस्तैगरी १४ वर्षमुनिका बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्न नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ ।