काठमाडौं, २३ जेठ २०८२
नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न एसोसिएसनमा ७१२ मतदाता रहेकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा डा. सुबेदीले ३०३ मत प्राप्त गरे ।निर्वाचनमा डा. सुवेदीले आफ्नो निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पराजित गरेका हुन।
एसोसिएसनको महासचिवमा डा. शंकर न्यौपाने निर्वाचित भएका छन् । डा. सुबेदी निबर्तमान महासचिव हुन् भने डा. न्यौपाने निबर्तमान सचिव हुन।
कोषाध्यक्षमा डा. विकास श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा डा. गणेश रानाभाट, डा. सुशीलकुमार राय, डा. नवीन पन्थी, डा. साधना घिमिरे, डा. शरद नरसिंह अमात्य र डा. दिनेश अर्याल निर्वाचित भएका छन् ।
उपाध्यक्षमा डा. राजेन्द्र यादब, सचिब पदमा डा. बिशाल पोख्रेल र प्रधान सम्पादक पदमा डा. हिमाल लुइटेल भने निर्बिरोध निर्वाचित भएका थिए ।
एशोसिएसनको निर्वाचन हरेक दुई बर्षमा हुने गरेको छ।