नेपालमा पशु स्वास्थ्य तथा “एक स्वास्थ्य” अवधारणालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल भेटेरिनरी एसोसियसनको आयोजनामा १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन (VetCon 2026) आयोजना हुने भएको छ।
सम्मेलन २०८२ साल चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न हुने आयोजकले जनाएको छ। “One Health Pathways for Sustainable Livestock and Food Security” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले उजागर गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहनेछ।
सम्मेलनका मुख्य आकर्षणहरूमा विभिन्न प्राविधिक सत्रहरू, अनुसन्धान प्रस्तुतिहरू, प्यानल छलफल तथा अनुभव आदान प्रदान कार्यक्रमहरू समावेश छन्।१५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने र १० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ
साथै १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभाव जस्ता विषयमा आफ्नो धारणा राख्ने छन्।यसका साथै विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न “स्टुडेन्ट पोस्टर प्रतियोगिता” पनि आयोजना गरिनेछ र उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।त्यस्तै पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी सेवा पुर्याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मानका साथै राष्ट्रिय स्तरका सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने कार्यक्रम पनि राखिएको नेपाल भेटेरिनरी एशोसियसनका महासचिब डा. शंकर न्यौपानेले बताएका छन्।
उक्त अवसरमा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरू, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यसायिक तथा प्रविधि प्रदायक संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। सम्मेलन परिसरमा विविध प्रदर्शनी स्टलहरू राखिनेछन्, जहाँ पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिहरूको प्रचार प्रसारका साथै पशु चिकित्सा क्षेत्रमा विकसित नवीनतम प्रविधि, अनुसन्धान तथा व्यवहारिक अभ्यासबारे सहभागीहरूलाई प्रत्यक्ष जानकारी गराइनेछ।
यस सम्मेलनलाई नेपाल सरकारका विभिन्न निकायहरूका साथै Food and Agriculture Organization (FAO), U.S. Soybean Export Council (USSEC/US SOYA), Nepal Veterinary Council तथा अन्य पेशागत एवं व्यवसायिक संघ संस्थाहरूको समेत सहयोग तथा सहभागिता रहनेछ।हाल सम्मेलनका लागि “Early Bird Registration” खुला भइसकेको छ। इच्छुक सहभागीहरूले www.vetcon2026.org मार्फत विस्तृत जानकारी लिन तथा दर्ता गर्न सक्नेछन्।
16th National Veterinary Conference (VetCon 2026) ले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान र नवीन प्रविधिको विकासमा महत्वपूर्ण टेवा पुर्याउने, एक स्वास्थ्य अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभावका साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा आयोजकले गरेको छ।
१६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन (VetCon 2026) ले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान र नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षाका साथ एक स्वास्थ्य अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा रहेको आयोजक नेपाल भेटेरिनरी एशोसियसन (NVA) का अध्यक्ष डा. केदार सुबेदीले बताएका छन।







