Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालमा २७ हजार भन्दा बढी रोगी उपचारको पहुँच बाहिर

Nam Raj Bhatta by Nam Raj Bhatta
March 24, 2025
in News
A A
0
नेपालमा २७ हजार भन्दा बढी रोगी उपचारको पहुँच बाहिर
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ११ चैत २०८१

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालम ६८ हजार नयाँ क्षयरोगी छन। राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ। तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन। सो तथ्यांक हेर्दा २७ हजार २२४ जना अर्थात (४० प्रतिशत) ब्यक्ति अझै उपचारको पहुँचमा छैनन।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ।

आइतबार निर्देशक डा. तिवारीले आयोजित पत्रकार सम्मेलनमा `पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा क्षयरोग लागेकाहरु लुकेरै बसेका छन, रोग लागेपछि हुने आर्थिक भारको डरलेसमेत धेरै क्षयरोगी खुलेर उपचारमा नआएको बताए।

डा. तिवारीका अनुसार लुकेर बसेकाहरुलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास भैरहेको छ। त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ।

डा. तिवारीका अनुसार नेपालमा क्षयरोग लाग्ने महिला भन्दा पुरुषको संख्या बढी छ। गत वर्षको तथ्यांकलाई हेर्ने हो भने उपचारमा आएका ४० हजार ७७६ जनामध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन। यस्तै ८.६ प्रतिशत १४ वर्ष भन्दा तल उमेरका बालबालिका छन। उनीहरुले नियमित औषधि सेवन गरिरहेका छन।

केन्द्रका अनुसार नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको छ। जसको मृत्युदर प्रति एकलाखमा ५४ हो।

नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखेको छ। क्षयरोग अन्त्यका लागि वजेट भने पर्याप्त नभएको केन्द्रका निर्देशक डा. तिवारी बताउँछन।

`सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिएपनि ११० मिलियन डलर मात्रै उपलब्ध छ। अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ,’ डा. तिवारीले पत्रकार सम्मेलनमा भने, ‘क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको छ, यसले लक्ष्य प्राप्तीमा समस्या सिर्जना गरेको हो।’

रोग लाग्नेको संख्या बढ्दो देखिएपनि उपचारमा जानेहरुको रोग निको हुने दर पनि नेपालमा उच्च छ। औषधि सेवन गरेर क्षयरोग लागेपछि पुर्ण रुपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशत भन्दा माथि रहेको अस्पतालका डा. नविनप्रकाश साहले जानकारी दिनुभयो।

डा. साह पनि ठूलो संख्यामा बिरामीहरु उपचारमा नआउदा समस्या बढेको बताउँछन। यो अवस्थालाई रोक्न नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको  उनले बताए।

कार्यक्रममा डा. साहले सेन्टरले अभावका बाबजुत सेन्टरले धेरै कामहरु अघि बढाई रहेको बताए ।

डा. शाहका अनुसार उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँनयाँ विधिहरु थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ।

क्षयरोग लागेपछि पुर्णरुपमा निको पार्न ६ महिना नियमित औषधि सेवन गर्नु पर्ने डा. साह बताउँछन। यस्तै क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट वचन सकिने उनको भनाइ छ।

नेपालभरी क्षयरोग उपचारका लागि ६ हजार २४१ स्वास्थ्य संस्थाहरु र निदानका सेवाहरु ८ सय स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन। यस्तै नेपालमा क्षयरोग नियन्त्रणका लागि ६७ जिल्लाका ११७ स्थानमा आधुनिक प्रविधिबाट द्रुत रुपमा खकार परीक्षण हुन्छ। क्षयरोगको उपचार र औषधि निशुल्क रुपमा प्रदान गर्ने गरिएको छ।

विश्व क्षयरोग दिवस-२०२५ को पूर्व सन्ध्या पारेर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेर नेपालमा क्षयरोगको वर्तमान अवस्था बारे जानकारी गराएको हो।

Tags: dr. Naveen prakash shahDr. Shreeram TiwariNational tuberculosis center
Nisarga hospital Dhangadhi
Previous Post

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

Next Post

माट्रिका आँखा केन्द्रमा विश्व दृष्टि विशेषज्ञ दिवस मनाइयो

Related articles

मंकीपक्सका लक्षण कस्ता हुन्छन्, रोकथामका लागि के गर्ने ?
News

साउदीबाट फर्किएका एक पुरुषमा एमपक्स पुष्टि

8 hours ago
790
आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान
News

आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान

24 hours ago
810
स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
News

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति

1 day ago
937
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
News

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

2 days ago
780
Health ministry
News

सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग्यो

3 days ago
799
फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण
News

फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण

3 days ago
892
Next Post
माट्रिका आँखा केन्द्रमा विश्व दृष्टि विशेषज्ञ दिवस मनाइयो

माट्रिका आँखा केन्द्रमा विश्व दृष्टि विशेषज्ञ दिवस मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,084)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.