Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग

Nam Raj Bhatta by Nam Raj Bhatta
January 4, 2024
in News
A A
0
बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बागलुङ, १९ पुष २०८०

बागलुङको बडिगाडमा क्षयरोग प्रमुख समस्याको रुपमा रहदै आएको छ। पालिकाको कुल जनसंख्याको झन्डै ०.२८ प्रतिशत जनसंख्या क्षयरोगबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० मा बागलुङमा जम्मा २३५ क्षयरोगका बिरामी रहेकोमा बडिगाड गाउँपालिकामा मात्र ८६ जना क्षयरोगी पहिचान भएका थिए। गाउँपालिकाले घरघरमै पुगेर परीक्षण गरेको थियो।

गतवर्ष खोजपड्ताल कार्यक्रमबाट उच्च संख्यामा क्षयरोगी पहिचान भएकाले यसवर्ष अझै नविनतम योजनाका साथ निःशुल्क क्षयरोग पहिचान शिविर आयोजना गर्ने योजनामा स्वास्थ्य कार्यालय र पालिका थिए। २०८० ज्येष्ठ महिनाको अन्त्यसम्ममा बिरामीको संख्या ८० पुगेको थियो। Baglung

बडिगाडमा अहिले क्षयरोगका बिरामी थपिने संख्या दिनानु दिन रूपमा बढीरहेको छ साथै उपचार गरेर निको बनाउन सफल भएका उदाहरण पनि उही गतिमा बढेको छ। तर कतिपय अवस्थामा आफूलाई क्षयरोगका लक्षण देखियो भनेर खकारका जाँचको लागि स्वास्थ्य संस्था नआउनेको संख्या पनि ठूलो संख्यामा रहेको छ।

विशेष गरी बडिगाड गाउँपालिकामा वृद्ध उमेरका मानिसहरुमा, लागू औषधि सेवन गर्ने व्यक्तिमा, प्रतिरोध क्षमतामा कमी हुने व्यक्तिहरुमा, एचआईभी संक्रमित व्यक्तिहरुहमा,समूहमा बस्ने व्यक्तिहरुमा, दीर्घरोगका बिरामीहरुमा, अंग परिवर्तन गरेका व्यक्तिमा, स्टेरोयड औषधि सेवन गर्नेको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले वार्षिक करिब ५० जना क्षयरोगका बिरामी थपिन्छन् भन्ने आँकडा रहेकोमा अहिले त्यो संख्या डरलाग्दोगरी उकालो लागेको छ।tuber

बागलुङमै पहिलोपटक छातिको एक्सरेद्धारा क्षयरोग परिक्षण गर्न स्वास्थ्य कार्यालय बागलुङ र बडिगाड गाउपालिकको आयोजना तथा क्षयरोग उपचार केन्द्र पोखराको समन्वय तथा जापान नेपाल हेल्थ एन्ड ट्यूबरकुलोसिस रिसर्च एसोसिएसनको प्राविधिक सहयोगमा पुष १६देखि १८ सम्म क्षयरोग सम्पर्क तथा परीक्षण शिविर बडिगाड गाउपालिकाको वडा नं २ खर्वाङ,वडा नं ४ जलजला र वडा नं ७ भिमगिठेमा सम्पन्न भएको छ।

पहिलो दिन ५०० जना, दोस्रो दिन ४९९ जना र तेस्रो दिन ६०५ जना गरी जम्मा १६०४ जना व्यक्तिको छातिको एक्सरे तथा २५६ जना शंकास्पद व्यक्तिको जिन एक्सपर्टका लागि खकार सकंलन गरिएको छ।

क्षयरोग जोखिमको हिसाबले जिल्लामै उच्च स्थानमा रहेको गाउँपालिकाले क्षयरोग निर्मुल अभियान अन्तर्गत शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। क्षयरोगी पहिचान गरी उनीहरुको औषधोपचारसँगै पालिकालाई क्षयरोग मुक्त बनाउने अभियान स्वरुप बागलुङमै पहिलो पटक नविनतम प्रविधिद्धारा शिविर आयोजना गरिएको उनको भनाइ छ।

शिविरमा राष्ट्रिय क्षयरोग केन्द्र काठमाण्डौका क्षयरोग विशेषज्ञ डा. प्रमोद भट्टराई, क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा. रमेश आचार्य, जापान नेपाल ट्युबरक्लोसिस रिसर्च एशोशियसनका एक्जुकेटिभ डाइरेक्टर रामशरण गोपाली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मा, क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे सहितको प्राविधिक टोली रहेको थियो भने सबै कार्यक्रमको संयोजन स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरे तथा पालिकाका स्वास्थ्य संयोजक विपेन्द्र केसीले गरेका थिए।

शिविरबाट धेरै क्षयरोगी पहिचान भएमा गाउँपालिकाले सोही अनुसार योजना बनाएर अगाडी बढ्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले बताए।

सन् २०५० सम्म नेपाल सरकारले टिवी फ्रि नेपाल घोषणा गर्ने लक्ष्य राखेकोमा बडिगाड गाउँपालिकाले सन् २०३० सम्म क्षयरोग निर्मुल गर्ने योजना राखेको समेत उनले बताए।

Tags: #government of NepalBadigad rural municipality baglungक्षयरोग (Tuberculosis in Nepal)
Nisarga hospital Dhangadhi
Previous Post

काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु

Next Post

वीर अस्पतालमा लेखा र प्रशासनका उपसचिवले अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

Related articles

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
News

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति

6 hours ago
849
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
News

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

23 hours ago
779
Health ministry
News

सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग्यो

2 days ago
796
फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण
News

फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण

2 days ago
885
जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल
News

जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल

2 days ago
1k
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन

3 days ago
794
Next Post
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते

वीर अस्पतालमा लेखा र प्रशासनका उपसचिवले अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,082)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...