Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग

Nam Raj Bhatta by Nam Raj Bhatta
January 4, 2024
in News
Reading Time: 1 min read
A A
0
बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बागलुङ, १९ पुष २०८०

बागलुङको बडिगाडमा क्षयरोग प्रमुख समस्याको रुपमा रहदै आएको छ। पालिकाको कुल जनसंख्याको झन्डै ०.२८ प्रतिशत जनसंख्या क्षयरोगबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० मा बागलुङमा जम्मा २३५ क्षयरोगका बिरामी रहेकोमा बडिगाड गाउँपालिकामा मात्र ८६ जना क्षयरोगी पहिचान भएका थिए। गाउँपालिकाले घरघरमै पुगेर परीक्षण गरेको थियो।

गतवर्ष खोजपड्ताल कार्यक्रमबाट उच्च संख्यामा क्षयरोगी पहिचान भएकाले यसवर्ष अझै नविनतम योजनाका साथ निःशुल्क क्षयरोग पहिचान शिविर आयोजना गर्ने योजनामा स्वास्थ्य कार्यालय र पालिका थिए। २०८० ज्येष्ठ महिनाको अन्त्यसम्ममा बिरामीको संख्या ८० पुगेको थियो। Baglung

बडिगाडमा अहिले क्षयरोगका बिरामी थपिने संख्या दिनानु दिन रूपमा बढीरहेको छ साथै उपचार गरेर निको बनाउन सफल भएका उदाहरण पनि उही गतिमा बढेको छ। तर कतिपय अवस्थामा आफूलाई क्षयरोगका लक्षण देखियो भनेर खकारका जाँचको लागि स्वास्थ्य संस्था नआउनेको संख्या पनि ठूलो संख्यामा रहेको छ।

विशेष गरी बडिगाड गाउँपालिकामा वृद्ध उमेरका मानिसहरुमा, लागू औषधि सेवन गर्ने व्यक्तिमा, प्रतिरोध क्षमतामा कमी हुने व्यक्तिहरुमा, एचआईभी संक्रमित व्यक्तिहरुहमा,समूहमा बस्ने व्यक्तिहरुमा, दीर्घरोगका बिरामीहरुमा, अंग परिवर्तन गरेका व्यक्तिमा, स्टेरोयड औषधि सेवन गर्नेको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले वार्षिक करिब ५० जना क्षयरोगका बिरामी थपिन्छन् भन्ने आँकडा रहेकोमा अहिले त्यो संख्या डरलाग्दोगरी उकालो लागेको छ।tuber

बागलुङमै पहिलोपटक छातिको एक्सरेद्धारा क्षयरोग परिक्षण गर्न स्वास्थ्य कार्यालय बागलुङ र बडिगाड गाउपालिकको आयोजना तथा क्षयरोग उपचार केन्द्र पोखराको समन्वय तथा जापान नेपाल हेल्थ एन्ड ट्यूबरकुलोसिस रिसर्च एसोसिएसनको प्राविधिक सहयोगमा पुष १६देखि १८ सम्म क्षयरोग सम्पर्क तथा परीक्षण शिविर बडिगाड गाउपालिकाको वडा नं २ खर्वाङ,वडा नं ४ जलजला र वडा नं ७ भिमगिठेमा सम्पन्न भएको छ।

पहिलो दिन ५०० जना, दोस्रो दिन ४९९ जना र तेस्रो दिन ६०५ जना गरी जम्मा १६०४ जना व्यक्तिको छातिको एक्सरे तथा २५६ जना शंकास्पद व्यक्तिको जिन एक्सपर्टका लागि खकार सकंलन गरिएको छ।

क्षयरोग जोखिमको हिसाबले जिल्लामै उच्च स्थानमा रहेको गाउँपालिकाले क्षयरोग निर्मुल अभियान अन्तर्गत शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। क्षयरोगी पहिचान गरी उनीहरुको औषधोपचारसँगै पालिकालाई क्षयरोग मुक्त बनाउने अभियान स्वरुप बागलुङमै पहिलो पटक नविनतम प्रविधिद्धारा शिविर आयोजना गरिएको उनको भनाइ छ।

शिविरमा राष्ट्रिय क्षयरोग केन्द्र काठमाण्डौका क्षयरोग विशेषज्ञ डा. प्रमोद भट्टराई, क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा. रमेश आचार्य, जापान नेपाल ट्युबरक्लोसिस रिसर्च एशोशियसनका एक्जुकेटिभ डाइरेक्टर रामशरण गोपाली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मा, क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे सहितको प्राविधिक टोली रहेको थियो भने सबै कार्यक्रमको संयोजन स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरे तथा पालिकाका स्वास्थ्य संयोजक विपेन्द्र केसीले गरेका थिए।

शिविरबाट धेरै क्षयरोगी पहिचान भएमा गाउँपालिकाले सोही अनुसार योजना बनाएर अगाडी बढ्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले बताए।

सन् २०५० सम्म नेपाल सरकारले टिवी फ्रि नेपाल घोषणा गर्ने लक्ष्य राखेकोमा बडिगाड गाउँपालिकाले सन् २०३० सम्म क्षयरोग निर्मुल गर्ने योजना राखेको समेत उनले बताए।

Tags: #government of NepalBadigad rural municipality baglungक्षयरोग (Tuberculosis in Nepal)
SummarizeShare235ScanTweet147

Related articles

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 9, 2026
0

फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (NEPTA) ले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। यस वर्षको...

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

by Nam Raj Bhatta
September 9, 2026
0

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    872 shares
    Share 349 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.