Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बर्दियामा हात्तीपाइले रोगको ट्रान्समिसन सर्भे शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
September 3, 2024
in News
A A
0
बर्दियामा हात्तीपाइले रोगको ट्रान्समिसन सर्भे शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बर्दिया, १८ भाद्र २०८१

बर्दिया जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन एसिसमेन्ट सर्भे सुरुआत गरिएको छ ।

सरकारको प्राथमिकतामा परेको उक्त रोग निवारण कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य सङ्गठनले तोकेका बर्दियाका ३७ विद्यालयका बालबालिकामा सर्भे सुरु गरिएको हो ।

कार्यक्रम अन्तर्गत बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीका हात्तीपाइलेको रक्त नमूना परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, हेटौँडाका प्राविधिक ल्याब निरीक्षक राजकुमार इटेनीले बताए ।

कक्षा १ र २ मा अध्ययनरत छ/सात वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन छ कि छैन भन्ने विषयमा अध्ययन एवं नयाँ कार्यक्रम बनाउन सर्भे सुरु गरिएको हो ।

नयाँ सङ्क्रमण जाँच्न बालबालिकाको उक्त उमेर समूह उपयुक्त मानिएको छ । उनका अनुसार रक्त नमूना जाँचका क्रममा हात्तीपाइले पोजेटिभ विद्यार्थीको सङ्ख्या १८ भन्दा कम भएमा टास सर्भे सफल र १८ भन्दा बढी भएमा असफल भएको मानिन्छ । सर्भे टिममा तीनजना संलग्न छन् । चिकित्सकका अनुसार क्युलेक्स जातको हात्तीपाइले सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेपछि हात्तीपाइले रोग सर्छ ।

बर्दियामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत १० वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ ।

सन् २०१२ देखि ३९ दशमलव आठ प्रतिशत बेसलाइनबाट सुरु गरिएको आम औषधि सेवनको कभरेज सन् २०१३ मा ६९ दशमलव एक प्रतिशत, २०१४ मा ७६ दशमलव दुई प्रतिशत, २०१५ मा ७९ दशमलव एक प्रतिशत, २०१६ मा ७६ प्रतिशत, २०१७ मा ७६ दशमलव छ प्रतिशत, २०१८ मा ७३ दशमलव चार प्रतिशत, २०१९ मा ७३ दशमलव आठ प्रतिशत, २०२० मा ७८ दशमलव पाँच प्रतिशत र सन् २०२१ मा ७९ दशमलव एक प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् ।

गुलरिया नगरपालिका वडा न. ९ डब्बास्थित ओमशान्ति आधारभूत विद्यालयमा बालबालिकाको हात्तीपाइले रोग टास–१ को परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक अनिल श्रीवास्तवले बताए।

Tags: Bardiya hospitalPre Transmission Assessment Survey
Nisarga hospital Dhangadhi
Previous Post

बिदाको दिन समेत ओपीडी चलाउने सरकारको निर्णयप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

Next Post

सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

Related articles

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

1 hour ago
815
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

10 hours ago
780
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

22 hours ago
820
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

1 day ago
806
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

1 day ago
838
गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित
News

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

2 days ago
778
Next Post
सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,097)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In