भुवनेश्वरी जोशी
धनगढी , ९ मंसिर २०७७
सुदूरपश्चिम पश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटी को आयोजना मा सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रण कार्यक्रमका लागि काम गर्ने संस्थाहरुको बार्षिक प्रगति समिक्षा सम्पन्न भएको छ ।
२०७७ मङ्सिर ९ गतेका दिन सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रम को आर्थिक तथा प्राबिधिक सहयोग सेभ द चिल्ड्रेन , यु एस ग्लोबल फण्ड को रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशानालाय राजपुर डोटी का क्षय कुष्ठ निरीक्षक मनोज प्रसाद ओझा , राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र का तथ्यांक अधिकृत श्री पुष्प राज जोशी , सेभ द चिल्ड्रेन यु एस ग्लोबल फण्डका कार्यक्रम अधिकृत श्री प्रकाश चन्द्र लेखक ले गर्नु भएको थियो ।
वार्षिक समिक्षा कार्यक्रममा National association of PLHIV in Nepal संस्था का टिम लिडर श्री प्रकाश चन्द्र मडै ले आर्थिक बर्ष २०७६ / २०७७ मा सुदूरपश्चिम प्रदेश का कैलाली , कंचनपुर , डडेल्धुरा , डोटी र अछाम जिल्ला मा सम्पन्न भएको काम को प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । टिम लिडर मडैले गर्नु भएको प्रस्तुतीकरण अनुसार गत आ ब २०७६ / २०७७ मा क्षयरोग बाट पिडित १५०० घर परिवारमा बिरामीको सम्पर्कमा रहेका अन्य व्यक्ति हरुको सम्पर्क परीक्षण गरिएको , सम्पर्क परीक्षण बाट संकलन गरिएका करीब ३०० जति खकारको नमुना संकलन गरि खकार जाच गर्ने स्थान सम्म पुर्याएको र सम्पर्क परीक्षण बाट सुदूरपश्चिम प्रदेशका उपरोक्त पाच जिल्ला बाट कुल ४३१ जना नया क्षयरोगी पत्ता लागेका छन् । यसरि लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामीको क्षयरोग चाडै निको हुने , बिरामीको स्वास्थ्य अवस्था खराब हुन् बाट बच्न सकिने , अकाल मा हुने मृत्यु बाट जोगाउन सकिने र सब भन्दा प्रमुख पक्ष भनेको अन्य व्यक्तिलाई रोग सर्न बाट बचाउन सकिने कुरा रहेको यस बिषयमा जानकारहरुले बताउने गरेका छन् ।
एक दिने वार्षिक समिक्षा कार्यक्रम मा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा .गुण राज अवस्थी , सामाजिक विकास मन्त्रलाय का जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की , प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्री राम प्रसाद ओझा , सेभ द चिल्ड्रेन यु एस ग्लोबल फण्डका बरिष्ठ कार्यक्रम प्रबन्धक श्री मिम बाहादुर सिंह को समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिनु हुदै स्वास्थ्य निर्देशनालय राजपुर डोटी का स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यु ले क्षयरोग नियन्त्रण का लागि ग्लोबल फन्डको रकम सह प्रापक (Sub Recipient) संस्थाले गरेको कामबाट सुदूरपश्चिम प्रदेशमा एक बर्षको अवधिमा कुल ४३१ जना नयाँ क्षयरोगी पत्ता लाग्नु अत्यन्त प्रभावकारी काम हो । यसले गर्दा लुकेर बसेका क्षयरोगीहरु स्वास्थ्य संस्था को सम्पर्कमा आएका छन् । क्षयरोगको उपचार सेवा लिन सकेका छन् र उनीहरुले समयमै उपचार प्राप्त गरि निको समेत हुने छन् भन्ने आशा व्यक्त गर्नु भएको छ । यस प्रकारको प्रभावकारी काम गर्ने संस्थालाइ स्वास्थ्य निर्देशनालय को तर्फ बाट धन्यबाद दिनु भएको छ, साथै आगामी दिनहरुमा समेत यस काम लाइ निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भएको छ । काम गर्दा सबै पक्षको समन्वय , सहकार्य , र श्रोत को उचित परिचालन गरि कार्यक्रमको लक्ष्य प्राप्ति हुने र सेवाग्राही सम्म कार्यक्रमको लाभ पुग्ने कुरा समेत डा.अवस्थीले बताउनु भएको छ ।
Comments 1