काठमाडौं, १२ कात्तिक २०८१
राजधानीको गौशलास्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा शुरु हुने भएको छ।
सोमबार प्रतिष्ठानमा आयोजित एस्थेटिक अकुलोप्लाष्टि सम्बन्धी कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइतले छिट्टै नै विभिन्न सुविधासहित सेवा सुरू गरिने जानकारी गराएका हुन्।
यो सेवा तिलगङ्गा प्रतिष्ठान तिलगङ्गा र तिलगङ्गा सिटि आइ सेन्टर, चुच्चेपाटीमा छिट्टै सुरु हुने डा. रूइत बताए। ‘एस्थेटिक अकुलोप्लाष्टि’ भनेले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ।
तिलगङ्गामा डेडो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्यधिक आँशु आउने समस्या, थाइराइडबाट हुने आँखाको लिडको समस्याको उपचार ‘बोटक्स इन्जेक्सन’बाट उपचार भइरहेको छ। त्यसैगरी बोटोक्सबाट अनुहार तथा घाँटीको चाउरीपनलगायत अन्य आँखा समस्याको उपचार गर्न सकिने प्रतिष्ठानले जनाइएको छ।
कार्यशालामा एस्थेटिक अकुलोप्लाष्टिका तीन अन्तर्राष्ट्रिय विज्ञहरू फिलिपिन्सका डा. इभेट सान्टियागो, मलेसियाका डा. एलिस गोह र सिङ्गापुरका डा. स्टेफेनीइ योङले कार्यशालामा कार्यपत्र प्रस्तुत गरेका थिए