Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

टिकापुर अस्पतालमा बिहान ८ बजे देखि ओपिडी सेवा सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
December 9, 2023
in News
Reading Time: 1 min read
A A
0
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कैलाली, २३ मंसिर २०८०

कैलालीमा रहेको टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ।

यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले कार्यालय सुरु हुने समयभन्दा अगाडि ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । विहानैदेखि ओपिडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताए। “आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिए”, उनले भने, “विहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकेँ ।”

अस्पतालले बिहानको समयमा ओपिडी सेवा सञ्चालन गर्दा आफूहरुलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताए । त्यसैगरी लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आउनुभएकी सीता देवकोटाले पनि ओपिडी सेवा विहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताए । “यसअघि आउँदा दिनभरी पालो कुर्दै बस्नु परेको थियो, विहानैदेखि ओपिडी सुरु भएपछि यसपाली दिनभर बस्नु परेन, उपचार पनि समयमै भयो”, उनले भने ।

अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताए। नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस भन्ने उद्देश्यले ओपिडी सेवा विहानैदेखि सुरु गरिएको उनले बताए । “सेवाग्राहीहरुले विहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनु पर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो”, उनले भने, “सेवाग्राहीको भिडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपिडी सेवा विहानैदेखि सुरु गरिएको हो।

”अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ। हाल अस्पतालमा २० जना चिकित्सकले सेवा दिइरहेका छन् ।

अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले डायलासिस सेवा सञ्चालनका लागि उपकरण आइसकेको बताए । जडान र जनशक्ति व्यवस्थापनको कुरा मात्रै बाँकी रहेकाले सम्भवत केही महिनामै डायलासिस सेवा सञ्चालन आउने डा. राइले बताए।

Tags: #government of NepalTikapur hospital kailali
SummarizeShare235ScanTweet147

Related articles

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

by Nam Raj Bhatta
June 2, 2026
0

‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। चितवन रत्ननगर-१, बकुलहरस्थित आयुर्वेद...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने
  • मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.