काठमाडौं, ३ फागुन २०८१
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप एक नयाँ सेवा शुरु भएको छ। अस्पतालले मुटुका बिरामीलाई सेवा दिने उद्देश्यसहित इको सेवा थप गरेको हो।
अस्पतालका निर्देशक डा. युवानिधी बसौलाका अनुसार हप्तामा तीन दिन सेवा दिने गरी बिहीबारबाट इको सेवा सुरु भएको छ।
मुटुरोग विशेषज्ञ डा. हरिहर खनालले इको सेवा दिन सुरु गर्नु भएको छ। डा.खनालले भने, ‘अबदेखि अस्पतालमा आउने बिरामीले हरेक आइतबार, मंगलबार र बिहीबार इको सेवा लिन पाउने छन्।’
अस्पतालले पछिल्लो समय सेवा थप गर्दै लगिरहेको छ। अस्पतालमा गत महिना वार्षिकोत्सवका दिन छाला, यौन तथा कुष्ठरोग उपचारको छुट्टै केन्द्रको सुरुवात भएको थियो।