काठमाडौं, १२ मंसिर २०८०
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार डा. बसौला लाई निर्देशकमा नियुक्त गरेका हुन्।
उक्त अस्पतालकि निर्देशक डा. मनिषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेको छ।
यस्तैगरी सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा पठाइएको छ।