काठमाडौं, ११ पुस २०८२
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महारजगंज क्याम्पसका १६ जना चिकित्सहरु सहप्राध्यापकबाट प्राध्यापक पदमा बढुवा भएका छन।
प्राध्यापक पदमा बढुवा हुने चिकित्सकहरूमा अप्थाल्मोलोजी विभागबाट डा. ज्योतिबाबा श्रेष्ठ, अब्स एण्ड गाइने विभागबाट डा. निभा वझा, आयुर्वेद विभागबाट डा. विनोदकुमार सिंह, इएनटी विभागबाट डा. रविन्द्रभक्त प्रधानाङ्ग तथा इन्टरनल मेडिसिन (ग्यास्ट्रोलोजी) विभागबाट डा. राहुल पाठक रहेका छन्।
त्यस्तैगरी जनरल सर्जरी (युरोलोजी) विभागबाट डा. पवनराज चालिसे, डर्माटोलोजी विभागबाट डा. उपमा पौडेल र न्युरो सर्जरी विभागका डा. गोपाल सेडाईं पनि प्राध्यापक पदमा बढुवा भएका छन् भने इन्टरनल मेडिसिन रेस्पीरेटरी विभागबाट डा. सन्तकुमार दास, एनेस्थेसियोलोजी विभागबाट डा. रेनु गुरुङ र कम्युनिटी मेडिसिन विभागबाट डा. खेमबहादुर कार्की पनि प्राध्यापक पदमा बढुवा भएका छन्।
यस्तै सेवा आयोगले कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागबाट डा. अनिल भट्टराई र डा. रञ्जन सापकोटा, कार्डियोलोजी विभागबाट डा. चन्द्रमणि पौडेल, क्लिनिकल फिजियोलोजी विभागबाट डा. नारायणबहादुर महोत्रा तथा जनरल प्राक्टिस विभागबाट यज्ञलक्ष्मी शाक्यलाई पनि प्राध्यापक पदमा बढुवा गरेको छ।





