काठमाडौं, २२ मंसिर २०८२
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशकमा एसोसिएट प्रोफेसर डा. गोपाल सेढाई र एसोसिएट प्रोफेसर डा. पवन चालिसे नियुक्त भएका हुन्।
न्युरोलोजिस्ट डा. सेढाईं र युरोलोजिस्ट डा. चालिसेलाई आईतबार उपनिर्देशकको जिम्मेवारी दिइएको छ।
अस्पतालले दुवै चिकित्सकको नियुक्तिलाई स्वागत गर्दै डाक्टरद्दयले चिकित्सा सेवा, प्रशासनिक अनुभव तथा संस्थाप्रतिको दीर्घ प्रतिबद्धताबाट अस्पताललाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनीहरूको नेतृत्वले उपचार सेवा, चिकित्सकको दक्षता तथा सर्वपक्षीय समन्वय प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।











