काठमाडौं, १८ फागुन २०८१
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा करार सेवामा हाउस अफिसर माग गरिएको छ। अस्पताल अन्तर्गत विभिन्न विभागहरूका लागि हाउस अफिसर माग गरिएको हो।
एमबीबीएस (MBBS) उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ। इच्छुक व्यक्तिहरूले २०८१ फागुन २५ गते कार्यालय समयभित्र सम्पर्क गर्न भनिएको छ।
आवश्यक कागजातमा एसएलसी लगायत सोभन्दा माथिका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको रजिस्ट्रेसनको प्रतिलिपि र विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाण पत्रको प्रतिलिपि रहेका छन्।