काठमाडौं, ८ असार २०८१
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँचौं कलेजो प्रत्यारोपण सफल भएको छ । अस्पतालको जनशक्तिले विदेशी चिकित्सकको सहारा नलिइ गरेको यो पाँचौं कलेजो प्रत्यारोपण हो।
त्रिवि शिक्षण अस्पतालमा भएका त्यसअघिका ९ वटा प्रत्यारोपण विदेशी चिकित्सकको संलग्नतामा गरिएको थियो । समग्र प्रत्यारोपण संख्या भने १४ पुगेको अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ सर्जन डा. रमेशसिंह भण्डारीले जानकारी दिनुभयो।
महेन्द्रनगरका एक ४२ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया पत्नीले कलेजो दान दिएकी छ। प्रत्यारोपण सफल भएको छ भने प्रत्यारोपित र दाता दुवै स्वस्थ रहेको डा. भण्डारीले बताएका छन्।