कैलाली, २४ मंसिर २०८२
सेती प्रादेशिक अस्पताल र निसर्ग हस्पिटलमा कार्यरत जनरल सर्जरी डा. बिजय बिक्रम बम नेपाल मेडिकल काउन्सिलको सदस्यमा उम्मेदवारी उठेका छ्न ।
डा. बमले सुदुरपश्चिम प्रदेशमा जन्मेर सुदुर बिकटका हजारौं बिरामीको शल्यक्रिया गरिसकेका छ्न।
डा. बमले एमबीबीएस सिचवन युनिभर्सिटी चीन र एमएस जनरल सर्जरी लाहोर जनरल हस्पिटल (युनिभर्सिटी अफ् हेल्थ साइन्स) पाकिस्तानबाट पढाइ सकेर बिगत एक दशक देखि सेती प्रादेशिक अस्पतालमा छ्न।
डा. बमले काउन्सिलको सदस्यमा उम्मेदवारी दिए सङ्गै प्रत्येक प्रदेशमा नेपाल मेडिकल काउन्सिलको शाखा कार्यालय स्थापना, चिकित्सकहरुलाई गुणस्तरीय आधुनिक नियमित स्वास्थ्य सम्बन्धि तालिमको व्यवस्था (सिपिडी कौशल बिकास तालिम) र FMG को समस्याको उचित सम्बोधन गर्ने जस्ता काम गर्ने प्रतिबद्धता राखेका छ्न।
निर्वाचन काठमाडौं उपत्यका बाहिर आउँदो पुष ४ र ५ गते र काठमाडौं उपत्यकामा पुष ११ र १२ गते हुने भएको छ।












