Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य संघको पैरवी कार्यक्रम

HNN Staff by HNN Staff
July 14, 2021
in News
Reading Time: 1 min read
A A
1
Janaswasthya pairawi Sudurpaschim

Janaswasthya pairawi Sudurpaschim

617
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी, ३० असार २०७८

नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिले जनस्वास्थ्य सम्बन्धि बहस तथा पैरवी कार्यक्रम सम्पन्न गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रका क्रियाशील संघ , संगठन तथा सरोकारवाला निकायहरुको उपस्थितिमा प्रदेश जनस्वास्थ्य ऐन , प्रमुख स्वास्थ्य सूचकांक र हालै मात्र ड्राफ्ट भएको प्रदेशको ओ एन एम सर्भेक्षणको बिषय लाइ केन्द्र बिन्दु बनाएर बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको हो ।

माननीय सामाजिक बिकास मन्त्री श्री लाल बाहादुर खड्का ज्यू को प्रमुख आतिथ्यता र मानानिय सामाजिक बिकास राज्य मन्त्री श्री मना कुमारी साउँदको विशिष्ट आतिथ्यतामा संचालित कार्यक्रममा स्वास्थ्य सेवा बिभागका भूतपुर्व महानिर्देशक डा. लक्ष्मी राज पाठकको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख श्री शिव राज सुनारले गर्नु भएको थियो ।

कार्यक्रममा माननीय सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्का ज्यू को सम्बोधन
कार्यक्रममा माननीय सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्का ज्यू को सम्बोधन

कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्काज्यूले प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी र उत्कृष्ट बनाउन एबम् आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवालाई आवश्यकता भएका व्यक्ति सम्म कसरि पुगाउन सकिन्छ भनि मन्त्रालय प्रयासरत रहेको कुरा बताउनु भएको छ ।

साथै आगामी दिनमा मन्त्रालय बाट बन्ने स्वास्थ्य सम्बन्धि ऐन, नियम , नियमावली , कार्यविधि तथा निर्देशिकाहरु बनाउदा स्वास्थ्य सेवाको पहुँचमा नपुगेका मानिसहरुलाइ लक्षित गरि बनाउने र स्थानीय तह संगको समन्वय , सहकार्य र सहयोग बढाएर मात्र प्रदेश सामाजिक बिकास मन्त्रालय अगाडी बढ्ने कुरा बताउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि सामाजिक बिकास राज्य मन्त्री श्री मना कुमारी साउँदले स्वास्थ्य सेवाले बञ्चितिमा परेका समुहलाई समेट्न सक्ने गरि कार्यक्रम तय गर्नु पर्ने र बर्ग विश्लेषण सहित आवश्यकता पहिचान गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।

कार्यक्रममा Virtual माध्यमबाट जोडिनु भएका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीज्यूले समेत प्रदेशको स्वास्थ्य सेवा नमुना बनाउनको लागि समयमै काम हुनु पर्ने , निर्धारित सेवाहरु लक्षित समुदायसम्म पुग्नु पर्ने र यो सबै काम को लागि स्वास्थ्यकर्मिहरुले दत्तचित्त भएर काम गर्नुपर्ने कुरामा जोड दिनु भएको छ । आफुले संघ , प्रदेश र स्थानीय तह संग समन्वय गरि स्वास्थ्य सेवाका लक्ष्य हाशिल गर्नका लागि काम गरिरहेको समेत बताउनु भएको छ ।

बहस तथा पैरवी कार्यक्रममा स्वागत मन्तब्य प्रदेश जनस्वास्थ्य संघका कोषाध्यक्ष श्री जानकी पराजुली मिश्र र कार्यक्रमको सन्चालन संघका सचिव श्री अशोक कुमार जोशीले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य संघका अध्यक्ष श्री दयाकृष्ण पन्तले Virtual माध्यम बाट शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Tags: Health AdvocacySudurpashim Providence
SummarizeShare265ScanTweet147

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.