काठमाडौं, ३१ चैत २०८१
मृगेन्द् सम्झना युङ हेल्थ रिसर्च अवार्ड सुदीप पौडेललाई प्रदान गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको ११ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको समापनका अवसरमा पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
शनिबार राजधानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले पौडेललाई अवार्ड प्रदान गरेका हुन ।
कार्यक्रममा विभिन्न विधामा अन्य १३ जनालाई पनि अनुसन्धानको क्षेत्रमा गरेको योगदानको आधारमा अवार्ड प्रदान गरिएको थियो ।
यसरी अवार्ड प्राप्त गर्नेहरुमा हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड डा. बुद्व बस्नेतलाई प्रदान गरिएको छ
मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेसन अवार्ड डा. आनन्दबल्लव जोशीलाई प्रदान गरिएको छ । हेल्थ रिसर्च अवार्ड डा. पवन शर्मा, योङ हेल्थ रिसर्च अवार्ड डा. संगम शाहलाई र मृगेन्द्र सम्झना यङ हेल्थ रिसर्च अवार्ड मेडिकल डाक्टर तर्फ डा. राकेश घिमिरेलाई प्रदान गरिएको छ ।
त्यसैगरि हेल्थ जर्नालिष्ट अवार्ड पवित्रा सुनारलाई, गोपाल प्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड डा. सज्जाद अहमद खान, एनएचआरसी वेष्ट सेक्सन अवार्ड डा. मेघनाथ धिमाललाई, एनएचआरसी वेष्ट परर्फमर अवार्ड सरस्वती प्रसाद भट्टराई र दिर्घसेवा पदक पुकला घिसिङलाई प्रदान गरिएको छ ।
तिन दिने सम्मेलन समापनका अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा बजेट बढाउने आश्वासन दिए ।