काठमाडौं, २१ कात्तिक २०८१
बेलायत द्वारा प्रदान गरिने रोयल सोसाइटी अफ ट्रोपिकल मेडिसिन २०२४ अनुसन्धान अनुदान अवार्ड क्षयरोगकर्ता राजेश कुमार यादबलाई प्रदान गरेको छ ।
हरेक वर्ष अनुसन्धान गर्नको लागि छनौट भएको अनुसन्धानकर्ता लाई ५ हजार पाउन्डसहितको उक्त अनुदान पुरस्कार यस वर्ष नेपालमा क्षयरोग सम्बन्धित अनुसन्धान गर्नको लागि क्षयरोग सम्बन्धित अनुसन्धानविज्ञ यादव, सर्भिलेन्स अधिकृत, स्वास्थ्य निर्देशनालय, पोखरामा कार्यरत यादवलाई प्रदान गरिएको छ ।
यादव क्षयरोग सम्बन्धित अनुसन्धान तथा क्षयरोग कार्यक्रममा लामो समय अनुभवको साथै क्षयरोग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्णलमा पनि प्रकाशन समेत गरिएको छ ।