काठमाडौं, १९ साउन २०८१
सिहंदरबार बैद्यखानाले पुन: आयुर्वेदिक औषधि उत्पादन गर्ने भएको छ। सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले वैद्यखानाले १५ दिनभित्र केही उत्पादन बजारमा ल्याउने गरी तयारी गरिरहेको बताउनुभयो ।
डा. केसीका अनुसार त्रिपला चूर्ण, पीडाहर मल्हम,तुलसी चिया, मिमिया लगायतका उत्पादन आगामी १५ दिनभित्रै बजारमा आउने छ। गत तीन वर्षदेखि कुनैपनि उत्पादन थिएन। शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. केसीले आयुर्वेदिक औषधिहरुको ठेक्का लगाई उत्पादन प्रक्रिया सुरु भएको बताए ।
वैद्यखानाका उत्पादन अधिकृत गोविन्द ढकालले सरकारले असहयोग गरेका कारण लामो इतिहास बोकेको संस्था ध्वस्त हुने बाटोमा गएको बताए।
सरकारले जडिबुटी किन्नलाई मात्र पनि पैसा दिए वैद्यखानालाई पुन: पहिलाकै अवस्थामा फर्काउन सकिने ढकालको भनाई छ । बैद्यखानाले बिगतमा १ सय ५० प्रकारमा औषधि उत्पादन गर्दै आएको थियो।