काठमाडौं, २१ असोज २०८१
सरकारले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडा. ठाकुरप्रसाद दुवाडीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. दुवाडीलाई अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।
यस्तैगरी असोज २१ देखि २३ गतेसम्म भारतको दिल्लीमा हुने डब्लुएचण दक्षिण पूर्वी एशिया क्षेत्रीय सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री प्रदिप पौडेल नेतृत्वको प्रतिनिधि मण्डलाई स्वीकृति दिने निर्णय पनि गरिएको छ।
थप निर्णयहरु