काठमाडौं, १४ मंसिर २०८१
सुष्मा कोइराला मेमोरियल अस्पताल जलन उपचार क्षेत्रमा अग्रणी स्थानमा रहेकोले आवश्यक परेको सहयोग गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताउनु भयो।
साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले गर्न सक्ने सम्पुर्ण सहयोग गर्न पछि नहट्ने यस्तो बताए।
स्वास्थ्य मन्त्री पौडेलले सुष्मा कोइराला मेमोरियल अस्पतालमा नेपालकै पहिलो अस्पताल भएकोले हामी सबै मिलेर झन सेवा उपचारमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो।
मन्त्री पौडेलका अनुसार यो जलनको उपचार हुने नेपालकै पहिलो अस्पताल रहेछ। अस्पतालले जलनका धेरै बिरामीहरुलाई आकस्मिक सेवा समेत दिइरहेको रहेछ।
थुप्रै दाताहरुको सहयोगले अस्पतालले धेरै जलनका बिरामीहरुलाई निःशुल्क उपचार दिइरहेकोमा मन्त्री पौडेलले खुसी व्यक्त गरे । हाल सुष्मा कोइराला मेमोरियल ट्रष्टले नै सहयोगमा सञ्चालनमा रहेको उक्त अस्पताललाई सरकारको तर्फबाट आवश्यक जुनसुकै सहयोग गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको समेत मन्त्री पौडेलले बताए।
जलन उपचार प्रदानगर्ने नेपालका ८ संस्थाहरुमा सुष्मा कोइराला मेमोरियल अस्पताललाई नपार्नु सरकारको तर्फबाट कमजोरी भएकोे तथा आगामी दिनमा जलन उपचार हुने अस्पतालको संख्या ९ पुग्ने समेत उनले बताए।
अस्पताल सञ्चालनका लागि सहयोग गर्ने जर्मन इन्टर प्लाष्टप्रति मन्त्री पौडेलले आभार व्यक्त गरे। जलन उपचारको क्षेत्रलाई सुष्मा कोइराला मेमोरियल अस्पतालले नै नेतृत्व गर्न सक्ने उनको धारणा थियो। अस्पतालमा फेलोसिप कार्यक्रम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्न सकिने उनको धारणा थियो।